olux

दाङ ३ (ख) मा माओवादीका मास्की विजयी

दाङ । दाङ क्षेत्र नं.३ को प्रदेशसभा २ मा गठबन्धनका धनबहादुर मास्की(राजेश) विजयी भएका छन् । प्रदेशसभा सदस्यकालागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मास्कीले २२ हजार ३ सय २१ मत ल्याएका छन्, भने उनका निकटतम प्रतिस्पर्धी एमालेका हुकुम बस्नेतले २० हजार १ सय ५८ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर २ हजार १ सय ६१ रहेको छ । घोषणा हुन भने बाँकी रहेको छ ।

त्यस्तै निर्वाचनमा राप्रपाका भुपाल रावतले ३ हजार ४ सय १९, मंगोल नेश्नल अर्गनाइजेशनका शुशिल चौधरीले ५ सय ६२ , स्वतन्त्र उम्मेदवार अृमता कुमारी बस्नेतले ४ सय ५०, दुर्गा बहादुर वलीले २ सय ७८, गणेशबहादुर बस्नेतले १५९ राजन डाँगीले १२०, भुपबहादुर विकले ११८ मत ल्याएका छन् ।

सोही निर्वाचन क्षेत्रमा ७९ हजार ९८९ मतदाता रहेकोमा ४९ हजार ९ सय ५० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस