डाेल्पा प्रदेश सभा निर्वाचन क्षेत्र “क” मा एमाले डाेल्पाका अध्यक्ष बुढा निर्वाचित

डाेल्पा जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र क बाट नेकपा एमाले डाेल्पाका पार्टी अध्यक्ष शेर बहादुर बुढा निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेस डाेल्पाका सभापति दिपेन्द्र बहादुर शाहीलाई फराकिलो मतान्तरले फरक पार्दै एमालेका बुढा निर्वाचित हुनुएकाे हाे ।

डाेल्पा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र क बाट नेकपा एमालेका शेर बहादुर बुढाले ४७४३ मत ल्याउनुभएकाे छ भने उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिपेन्द्र बहादुर शाहीले २४६५ मत ल्याउनु भएकाे छ । एमालेका बुढाले २,२७८ मतले फरक पार्दै निर्वाचित हुनुभएको हाे ।
प्रदेश सभा क मा जम्मा ९५६७ मध्य ७५१८ मत प्रदेश सभाकाे लागि मत खसेकाे थियाे । प्रदेश सभा क मा १६२ मत बदर भएकाे छ ।

प्रतिक्रिया दिनुहोस