olux

काठमाडौं २ प्रदेश ‘ख’ मा राप्रपाका राजु विष्ट विजयी

काठमाडौँ । काठमाडौँ २ प्रदेश ‘ख’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु विष्ट विजयी भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठलाई पराजित गर्दै विजयी भएका हुन् ।

विष्ट १२ हजार १६३ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका सुवर्ण श्रेष्ठले ९ हजार ८५ मत पाएका छन् ।

विष्टले ३ हजार ७८ मतान्तरले विजय हासिल गरेका हुन् । पराजित भएका श्रेष्ठ शंखरापुर नगरपालिकाका पूर्व मेयर हुन ।

प्रतिक्रिया दिनुहोस