डाेल्पा – डाेल्पाकाे सदरमुकाम दुनै देखि त्रिवेणी तर्फ जाँदै गरेकाे जिप दुर्घटना भएकाे छ । मुड्केचुला गाउँपालिका भित्रका मतपेटिका ल्याउनकाे लागि सदरमुकाम दुनै बाट त्रिवेणी तर्फ जानेक्रमा गएराति २ बजे तिर ग १ ज ७३४२ नम्बरको जिप ठुलीभेरी नगरपालिकाकाे बतासे डाडा नजिकै जिप सडकबाट भेरिमा खसेकाे हाे । उक्त जिपमा कुनै पनि यात्रु नरहेकाे र चालक फरार रहेकाे स्थानीयले बताएका छन । यस घटना बारे कुनै पनि जानकारी नआएकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ ।
डाेल्पाका ६८ वटा मतदान केन्द्र मध्य ३४ वटा मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचनकाे कार्यालयमा पुर्याईसकेकाे छ भने बाकीँ ल्याउने क्रम जारी छ । माथिल्लो डाेल्पाकाे मतपेटिका ल्याउन नेपाली सेनाकाे हेलिकप्टर त्यस तर्फ गएकाे छ।