दाङमा श्रीमानद्वारा श्रीमतिको हत्या

दाङ । दाङमा श्रीमानले श्रीमतिको हत्या गरेका छन । बबई १ क्युरेनी निबासी ४० बर्षका श्रीमान लालबहादुर बोटेले श्रीमति ३४ बर्षकि खुमी बोटेको हत्या गरेका हुन ।

लालबहादुर बोटेले सुतेको समयमा हतौडाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतिको हत्या गर्ने श्रीमानलाई स्थानीयले नियन्त्रणमा राखेका छन ।

घटनास्थलमा प्रहरी पुगेको बबई १ का वडाध्यक्ष प्रेमबहादुर डाङ्गीले जानकारी दिनुभएको छ ।

घटनाका विषयमा अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरिक्षक मानबहादुर बि.सीको नेतृत्वमा पुगेको छ ।

हत्यामा संलग्न भएका लालबहादुर बोटेलाई स्थानीयले थुनेर राखेका छन । उनीहरुका बच्चाबच्ची मावली गएको समयमा हत्या भएको वडाध्यक्ष डाङ्गीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस