दाङ । थारु राजा दंगीशरणको इतिहासका रुपमा सुकौराकोट दरवारलाइ चिनिन्छ । तर उक्त क्षेत्रलाइ ओझेल पारेर लुम्बिनी प्रदेश सरकारका मन्त्रीसमेत रहेका कांग्रेसका नेता डिल्ली बहादुर चौधरीले व्यावसायिक संग्रहालय निर्माण गर्दा दरवार क्षेत्र गुमनाम बन्न थालको छ । नेता चौधरी अध्यक्ष रहेको बेस संस्थाको जग्गामा नै थारु सांस्कृतीक संग्रहालय बनेको छ । जुन दंगीशरण गाउँपालीका वडा नम्बर ३ को चखौरामा रहेको छ । चखौरामा संग्राहलय सञ्चालनमा ल्याए सगैं थारुको ईतिहासका रुपमा परीचित सुकौरा दरवार क्षेत्रको विकास झनै ओझेलमा परेको छ ।
उक्त संग्रहालय सञ्चालनमा आए संगै त्यहा करोडौका संरचना तयार भए । थारुको संस्कृत झल्कने तथा उनिहरुले प्रयोगमा ल्याएका थुप्रै सामग्रि रहेका छन । चौधरीले प्रदेश सरकारको गठनसँगै दाङमा स्थापना गरेको थारू सांस्कृतिक संरक्षण केन्द्र नामक संस्थाले नियमित रूपमा पर्यटन क्षेत्रको बजेट भित्र्याएको छ । आफ्नै नातेदारलाई अध्यक्ष बनाएको उक्त संस्थाको उनि संरक्षक बनेका छन । संग्राहलयमा प्रदेस सरकारबाट नेता चौधरीले हरेक बर्ष लाखौ बजेट भित्र्याउने गरेका छन । २०७६ मा सञ्चालनमा ल्याउदा संग्राहलयको लागि ६५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
त्यस यता हरेक बर्ष स्थानिय सरकार तथा प्रदेशबाट लाखौ बजेट पर्दै आएको छ । उनि लेखा समितिको सभापती हुदा आन्तरीक मामिला मन्त्रालय,सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रालयको करोडौं रकम ल्याएका थिए । प्रदेश सरकारले यो बर्षे पनि भवन निर्माणको लागी ६० लाख रुपैया बजेट विनियोजन गरेको छ । यसरी राज्यकोषबाट बर्षेनि लाखौ बजेट लगानि भएको संग्रहालय भने कसैको ब्यक्तिगत कमाउने थलो बनेको छ । थारुको पहिचना संग कुनै साईनो नै नभएको चखौरामा संग्रहालय सञ्चालन ल्याएर ईतिहास मेट्ने प्रयास गरेका छन ।
संग्रहालय रेखदेख तथा सञ्चालनको जिम्मा बेस संस्थाकै महासचिव बेफुलाल चौधरीको छोरा नरेन्द्र चौधरी सहित डिल्ली चौधरीका दाईको छोराले पाएका छन । त्यहा डिल्ली चौधरीका नातेदारहरु कर्मचारीका रुपमा रहेका छन । सांस्कृतीक संग्रहालयमा राज्यको भएपनि जोकोहिले अवलोकन गर्न पाउदैनन् । त्यहा सुरुमा प्रबेश शुल्क देखि लिएर प्रत्येक स्थानको अवलोकन गर्न पैसा तिर्नुपर्ने दगीशरण निवासी खुसीराम चौधरीले बताए । थारुको संस्कृती रहन सहन हेर्न थारु समुदायले नै नपाएको उनि बताउछन । यतिमात्रै होईन त्यहा थारु परिकारले प्रचार गरिएको बुलबुले पाहुना घरले पनि मनग्य आम्दानी गरिरहेको छ । त्यहा परिकार भन्दा पनि अरु भेराईटी चर्को मुल्यमा विक्रि हुने गरेको छ । यस्तै बाहिर क्षेत्रमा पार्किङको नाममा समेत शुल्क लिने गरिन्छ ।
थारुको ईतिहास बोकेको सुकौरा दरवार क्षेत्र भने अलपत्र जस्तै छ । सुकौरामा निवर्तमान नगर प्रमुख घनश्याम पाण्डेको पहलमा प्रदेश सरकारले पार्क तथा शालिक निर्माण भएको छ । लुम्बिनि प्रदेशका तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेस सरकारले २०७७ मा करिव २५ लाख बजेटबाट पार्क तथा शालिक स्थापना गरेको छ । यो बाहेक कुनै पनि निकायबाट ठुलो बजेट परेको छैन । अहिले स्थानिय सरकार तुलसीपुर उपमहानगरपालीकाले यस बर्ष २० लाख रुपैया बजेट विनियोजन गरेको छ ।मुर्ती अनाबरणको क्रममा पर्यटन मन्त्री लिला गिरी
यो बजेट बाट अपुरो रहेको भ्युटावरको तला थप गरि रंगरोगन कार्य हुने नगर प्रमुख टिकाराम खड्का बताउछन । थारुको पहिचान संग जोडिएको सुकौरा दरवार क्षेत्रको विकास गर्ने नगर प्रमुख खड्काको प्रतिबद्धता छ ।दरवार क्षेत्रमा सविधानसभा सदस्य बुद्धिराम भण्डारी, उपमेयर स्यानि चाैधरी, वडाध्यक्ष मान बहादुर रावत लगाय स्थानीय
कुनैपनि जातजातीको कला संस्कृती संरक्षणको लागी ब्यवसायिक संग्रहालयमा बजेट दिदै ऐतिहासिक क्षेत्रमा लगानी नगर्नु गलत भएको त्यस क्षेत्रका अगुवाहरु बताउछन । सरकारी बजेट दुरपयोग गरको भन्दै मन्त्री चौधरीको आलोचना हुदै आएको छ ।
हाल ग्रामिण तथा शहरी विकास मन्त्रालयका मन्त्री समेत रहेका डिल्ली चौधरीले लुम्बिनि प्रदेश सरकारबाट बर्षेनि करोडौ बजेट ल्याएपनि दंगीशरण राजाको ऐतिहासिक सुकौराकोटलाई बेवास्ता गर्दा धेरै असन्तुष्टि छन । यो विषयमा थारु समुदाय मात्रै होईनन् कांग्रेसका नेताहरु समेत सन्तुष्ट छैनन् । सुकौरा दरवार क्षेत्रमा हुनुपर्ने विकास चखौरामा भएको छ – कांग्रेसका एक नेताले भने । आफ्नो चुनाव क्षेत्र यो होईन भने पनि चखौरा पनि होईन, यो त कमाई खाने भाडो भएन र ? ती नेताले भने ।
कतिपय थारु अगुवाले पनि थारुको ईतिहास मेट्न खोज्ने प्रयास गरेको बताउने गरेका छन । थारु सांस्कृतीक नाममा ईतिहास मेट्ने कैसैलाई छुट छैन थारु अगुवा छवि चौधरी बताउछन । उनले सुकौरा दरवार क्षेत्रमा हुनुपर्ने विकास चखौरामा गरेकोमा अपत्ति प्रकट गरेका छन । थारु समुदायकै निर्णायक मतबाट २०७४ मा निर्वाचित भएपनि संग्राहलय बाहेक अन्य क्षेत्रमा काम नगरेको चौधरीले आरोप लगाए ।
सुकौरालाई दाङको एैतिहासिक पर्यटकीय स्थलको रुपमा विकाश गर्न सबैले भूमिका खेल्नुपर्ने उनि बताउछन । यता, नेता डिल्ली चौधरीले भने थारूहरूको कला, संस्कृति संरक्षणमा आफू निरन्तर लागिरहेको दाबी गर्ने गरेका छन ।