olux

लोककल्याणकारी राज्य निर्माणको योजना ल्याएका छौ : महासचिव पोख्रेल

दाङ । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले एमाले सामाजिक न्यायमा आधारित लोककल्याणकारी राज्य निर्माणको योजना अघि सारेको बताउनु भएको छ ।

रुकुम–दाङ सम्पर्क समूहले मंगलबार घोराहीमा आयोजना गरेको उम्मेदवार भेटघाट तथा चुनावी अभियान कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले लोककल्याणकारी राज्य निर्माणका लागि २० ग्यारेन्टीसहितका कार्यक्रम अघि सारिएको बताउनु भएको हो । ०५१ मै मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले एक सयबाट सुरु गरेको वृद्ध भत्ता अहिले ४ हजार प¥याएका छौ, एकल महिला, अपाङगता हुँदै सुत्केरी भत्तासम्म उपलव्ध गरायौं महासचिव पोख्रेलले भन्नुभयो– अव एमाले सरकार बन्छ र हरेक महिलालाई महिनावारी भत्ता कार्यक्रम ल्याउँदैछौं । महिनावारी समस्याका कारण पाठेघर समस्याबाट रोक्न हरेक वर्ष एकमुष्ठ एक हजार पाँच सय खातामै राखिदिनेछौं ।

महासचिव पोख्रेलले गरीव परिवारका लागि विजुली र खानेपानी पनि निशुल्क गरिदिने बताउनुभयो । पाँच वर्षमा गर्ने २० ग्यारेन्टीबारे उल्लेख गर्दै पोख्रेलले भन्नुभयो– गरीव परिवारको घरमा पनि विजुली पु¥याउँछौ अनि हिउँदा ३० युनिट र वर्षामा ५० युनिटसम्मको विद्युत निशुल्क उपलव्ध गराउँछौं । त्यस्तै हरेक घरमा धारा पु¥याउँछौ र पानी पनि निशुल्क उपलव्ध गराउछौं । प्रतिनिधिसभा सदस्य उम्मेदवार पोख्रेलले त्यसका लागि एमाले सरकार बन्न जरुरी रहेको बताउनुभयो । उहाँले एमालेले राज्यको आम्दानी र जनताको आम्दानी पनि बढाउन थुप्रै कार्यक्रम अघि सारेको बताउनुभयो ।
जनताको समृद्धि, सामाजिक सुरक्षा र आधारभूत आवस्यकता पूर्तिको काम राज्यले गर्ने भन्दै पोख्रेलले राष्ट्रिय प्राथमिकताका विषयलाई पनि महत्वकासाथ अघि सारेको उल्लेख गर्नुभयो । प्राथमिकताका पाँच क्षेत्रबारे बोल्दै महासचिव पोख्रेलले भन्नुभयो– राष्ट्रिय स्वाधिनताको रक्षा, सामाजिक न्यायमा आधारित लोक कल्याणकारी राज्य निर्माण, सुशासन र प्रविधियुक्त विकास तथा विद्युतीय शासन व्यवस्था र समाजवाद उन्मुख कार्यक्रमलगायत समृद्ध नेपाल र सुखी नेपालीको अभियान एमालेको प्राथमिकको विषय हो ।

एमाले सरकार ढलेपछि बनेको सरकारले झन अव्यवस्था, वेथिति, भ्रष्टाचार र कुशासन मौलाएको भन्दै मंसिर ४ पछि जनादेशको सरकार बनाउनुपर्ने बताउनुभयो । सो अवसरमा बोल्दै तकसेरा समाजका अध्यक्ष मित्रलाल बुढाले समाजको विकास, संग्रहालय निर्माण, मगर समुदायको सँस्कार, सस्कृतिको संरक्षण तथा भुुम्याँ पर्वमा सार्वजनिक विदाको व्यवस्था गर्न महासचिव पोख्रेलसँग माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस