राप्रपा डोल्पाको दुनैबजारमा कोणसभा, सहि नेतृत्वलाई मतदान गर्न आग्रह

डोल्पा – राष्ट्रिय प्रजातन्त्र पार्टी डोल्पाले सदरमुकाम दुनै बजार विरेन्द्रचोकमा कोणसभा सम्पन्न गरेको छ । राप्रपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार अंगद कुमार बुढाको नेतृत्वमा कोणसभा कार्यक्रम गरिएको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षीत गरि चुनावी अभियानकै क्रममा सोमबार दुनै बजारमा कोणसभा संगै प्रचारप्रसार कार्यक्रम गरेको राष्ट्यि प्रजातन्त्र पार्टी डोल्पाले जनाएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा असल सहि नेतृत्व उम्मेदवारलाई भोट दिन राप्रपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार अंगद कुमार बुढाले मतदाताहरुलाई आग्रह गर्नु भएको छ । अन्य दलहरुबाट उम्मेदवार बनेकाहरु खराब प्रबृतिका पात्र भएको आरोप लागाउदै आफुमात्र समग्रह जिल्लाको भलो चाहने असल व्यक्ती रहेको उहाँले बताउनु भयो । यो देशका सवै ठुला नेता तथा नेतृत्व भ्रष्टचारको दलदलमा फसि सकेकोले राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेलले भ्रष्टचार गर्नु आमाको रगत पिउनु सरहको हो भन्ने शब्दबाट प्रभावित भएर राप्रपा प्रवेश गरेको डोल्पाली जनताको उम्मेदवार बनेको बुढाले बताउनु भयो । उक्त कोणसभामा बोल्ने क्रममा डोल्पाली जनताकै लागि राजनिति गरेको र राजनितिकै कारण हाल घरपरिवारबाट आफु टाढा हुनुपर्ने अवस्था आएको भन्दै भावुक हुनु भएको थियो । आफु कुनै पनि व्यक्तीको विरुद्धको लडाई नभएको बुढाले बताउनु भयो ।

राप्रपा बाट राजनितिक यात्रा सुरु हुदै नेकपा एमालेको जिल्ला अध्यक्ष, नेपाली काँग्रेसको जिल्ला पार्टी सभापती समेत चलाईसक्नु भएका बुढा पुनः राप्रपामा फर्किनु भएको हो । यस भन्दा अघि २०७० सालको निर्वाचनमा एमालेबाट टिकट नपाएर स्वातन्त्र उठ्नु भएका बुढाले २०७४ मा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य समेत चुनाव लड्नु भएको थियो । उहाँ तेस्रो पटक प्रतिनिधि सभा सदस्यको लागि राप्रपा बाट उम्मेदवार हुनुहुन्छ । कोणसभामा राप्रपा प्रदेश सभा सदस्य क का उम्मेदवार नन्द बहादुर रोकाया, केन्द्रीय सदस्य विरमल कुमार भण्डारी लगाएतका नेता कार्यक्रताको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस