दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ गिधनिया स्थित तुईखोलामा पुल निर्माण नहुदाँ स्थानीयले सास्ती भोग्दै आएका छन । झण्डै ५ वर्ष अघि शिलान्यास गरेको पुल निर्माणकार्य अलपत्र हुँदा नागरिकले सास्ती खेप्नुपरेको छ । वर्षायामको समयमा जोखिम मोलेर खोला तर्न बाध्य भएको स्थानीय सुन्दर चौधरी बताउछन् । खोलापारी नगई हुँदन, वर्षायाममा सधैँ सास्ती हुन्छ – चौधरीले भने। कतिलाई त खोलाले बगाएको पनि छ ।
निर्माणाधीन पुल
गिधनिया, आमखोलि, मजगटुवाका ४ सय घरधुरीले बर्सेनी यसरी नै सास्ती भोग्दै आएको स्थानीय गोविन्द सुवेदीले बताए । २०७४ मा कांग्रेसका नेता डिल्ली बहादुर चौधरीको पहलमा निर्माण सुरु हुन थालको पुल निर्माण कार्य अलपत्र हुदा समस्या भएको उनि बताउँछन् । स्थानीय सडक पुल आयोजना अन्र्तगत आर्थिक बर्ष २०७३/०७४ मा ६ करोड ८२ लाख बजेट विनियोजन भएको सडक डिभिजन दाङका सूचना अधिकारी रिकेश महर्जनले बताए ।
उक्त पुल निर्माणको लागी ठेक्का मार्फत एडभेन्चर जेभि नेपालगञ्जले जिम्मा पाएको थियो । उस्ले ०७४ जेठ २२ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार ०७६ असोज २१ मा सम्पन्न हुनुपर्ने थियो । तर चौथो पटक सम्म म्याद थप्दिा समेत कामको गती सुस्त छ । सूचना अधिकारी महर्जनका अनुसार कोरोना,खरिद ऐन लगायतका कारण पटक पटक म्याद थपिएको हो । निर्माण ब्यवसायीबाट कामको ढिलाई भैरहेको उनले बताए । अहिले खोला वारीपारी पिलर ठडिएको छ ।
खिया लागेका सरिया तेस्रीएका छन । काम सुचारु भएको छैन । पुल निर्माणका लागि नेता चौधरी सङ्ग स्थानीयले पटक पटक भेटेपनि हुन्छ भनेर टार्ने गरेका छन । तर निर्वाचनको समयमा भने डोजर लगेर जनतामा पुल बन्न लागेको भनेर झुटो आश्वासन दिने गरेको स्थानीयको आरोप छ । हामिले जिताएर पठायौँ तर पाँचवर्षसम्म पनि पुल बनेर चौधरी समुदायकै एक स्थानीयले भने । उहा मन्त्री पनि हुनुभयो, पुल बनाउन चाहे त हुन्थ्यो होला तर हाम्रो समस्या बुझ्नुभएन।
तुहिसाेता
हाल लुम्बिनी प्रदेशको ग्रामीण तथा शहरी विकास मन्त्री समेत रहेका चौधरीले जनताको आवश्यकता एकातिर पुल अर्कोतिर बनाएको आरोप छ । यसको उदाहरण दंगीशरणको ३ चखौरामा रहेको थारू सङ्ग्रहालयको लागि पुल निर्माणले बताउँछ । जहा जनताको लागी आवश्यकता थिएन तर संग्रहालय सङ्ग जोड्नको लागि भनेर चौधरीले बागरखोलामा पुलको योजना पारेर निर्माण कार्य सकिदै छ । पश्चिम दाङका थुप्रै खोलामा पुल आवस्यक भएकोमा नेता चौधरीले सङ्ग्रहालयको लागि पुल पार्दा कांग्रेसका नेताहरु समेत रुष्ट छन । “जनताको आवश्यकता होईन, ब्यक्तिगत नाफाको लागि गरिएको काम हो” नाम नबताउने सर्तमा एक नेताले भने । “यो खोलामा हाल्ने पुल अन्त हालेको भए जनता कति खुसि हुन्थेहोला ।
२०७७ सालको चैत महिनादेखि पुल निर्माणको काम शुरु भएको थियो । पुल निर्माणका लागि सडक डिभिजन कार्यालय दाङले ठेक्का प्रक्रिया मार्फत गरेको हो । पुल निर्माणका लागि सूर्य सेरम तिरुपाती जेभी निर्माण कम्पनीले जिम्मा लिएको छ । पुल निर्माण गर्न सूर्य सेरम तिरुपाती जेभीले पाँच करोड आठ लाख रुपैयाँमा सम्झौता गरेको छ । गएको भदौ सम्म निर्माण सम्पन्न गरी सक्नुपर्नेमा कोरोना तथा महंगीका कारण समयमै सम्पन्न गर्न नसकिएको सूर्य सेरम तिरुपाती जेभीका प्रवीण कुमार भण्डारीले जानकारी दिए ।
हालसम्म निर्माण कम्पनीले तीन करोड भुक्तानी लिएको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको निर्माण कम्पनीले कोरोना महामारीका कारण २०७९ सालको भदौसम्म काम गर्ने समय प्राप्त गरेको कम्पनीले उक्त समय गुजारेको छ । हाल मन्त्रिपरिषद्को निर्णयले बाह्रौ संशोधन गरेपछि आगामी असारसम्म काम सम्पन्न गर्ने समय प्राप्त गरेको छ । निर्माण कम्पनीले भने अब मंसिर महिनाभित्र काम सम्पन्न गर्ने जनाएको छ ।