olux

दंगिशरण १ फुर्केसल्लीमा २१ जना एमाले प्रवेश

दाङ । नेकपा एमालेको सरकारले आर्थिक समृद्धि हासिल गर्नुका साथै विपन्न, सुकुमबासीहरुको हितमा काम गर्ने भन्दै दंगिशरण –१ फुर्केसल्लीका २१ जना व्यक्तिहरु एमालेमा प्रवेश गर्नु भएको छ । विकट बस्तीकारुपमा चिनिएको उक्त गाउको तर्फबाट आइतबार आफ्नै गाउँमा भव्य कार्यक्रमको आयोजना गरी नेकपा एमालेका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नम्वर ३ का संघीय सांसद उमेदवार कोमल वली र प्रदेश सांसद हुकुम बस्नेतलाई स्वागत गर्नुका साथै २१ जना पार्टी प्रवेश गर्नु भएको थियो ।

विगतमा अन्य पार्टीहरुमा भोट हालेको भएपनि आफूहरुको पहिलो समस्या फोन टावर र लालपूर्जाको रहेको बताउँदै स्थानीय बासिन्दाले नेकपा एमालेको सरकारले लालपूर्जा वितरण गर्न गठन गरेको सुकुमबासी आयोग अहिलेको सरकारले विघठन गरी लालपूर्जा वितरण कार्य नगरेको, चरम महंगी हुँदा समेत सरकार मौन बसेको भन्दै उहाँहरु एमाले प्रवेश गर्नु भएको हो ।

सो अबसरमा बोल्दै नेकपा एमालका नेता हुकुम बस्नेतले अबको निर्वाचनबाट नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने र एमाले सरकार बनेको दुईवर्ष भित्र सबै सुकुमबासीहरुलाई जग्गाधनी पूर्जा वितरण गरिने बताउनुभयो । नेपालका सुकुमबासी एवं जग्गा नहुनेहरुका लागि जग्गाको व्यवस्थापन गर्दै पूर्जा वितरण गर्नका लागि एमाले सरकारले सुकुमबासी आयोग गठन गरेको, त्यसले धेरै नै काम सम्पन्न गरि सकेको अवस्थामा गठवन्धनको सरकारले आयोग विघठन गरेर सुकुमुबासीहरुको ढाडमा लात हानेको आरोप लगाउनुभयो । यस विषयमा एमाले सरकारले धेरै काम गरिसकेकाले अब पूर्जा वितरण गर्न एमाले सरकार बनेपछि समस्या नहुने बस्नेतको भनाइँ छ ।

प्रतिक्रिया दिनुहोस