काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइराला काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभामा सहभागी भएकी छिन् ।
अभिनेत्री कोइरालालाई कार्यक्रममा सहभागी हुँदा ताली बजाएर भव्य स्वागत गरिएको छ ।
आज शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजित चुनावी सभामा सहभागी भएर उनले राप्रपाका लागि भोट मागेकी छिन् ।
भारतीय चलचित्र उद्योग बलिउडमा ख्याती कमाएकी अभिनेत्री कोइराला नेपाली कांग्रेसका संस्थापक एवम् नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाकी नातिनी हुन् ।
यसअघि अभिनेत्री कोइरालाले पोखरामा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै वीपी विचार बोकेकाले राप्रपालाई आफूले रोजेको बताएकी थिइन् ।