olux

डोल्पा पुग्नु पर्ने यात्रु मुगु पुर्याएको भन्दै क्षतिपूर्ति माग गर्दै  बाँके प्रशासनमा उजुरी

 

कार्तिक २४ डोल्पा ः नेपालगन्ज विमान स्थल देखि जुफाल विमानस्थल डोल्पा पुग्नु पर्ने यात्रुलाई ताल्चा विमानस्थल मुगुमा पुर्याइएको भन्दै पिडित पक्षले जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दर्ता गरेका छन । डोल्पाको ठुलीभेरी नगरपालिका वडा नं. ५ की राजकुमारी बुढा र उहाँको ८ महिने बच्चा लाई यहि कार्तिक २२ गते नेपाल एयरलाईन्स्को हवाईजहाजमा नेपालगन्ज विमानस्थल देखि ताल्चा विमानस्थल मुगु पुर्याईएको थियो ।

पिडित यात्रु राजकुमारी बुढालाई कार्तिक २२ गते नेपालगन्ज देखि डोल्पाको लागि समिट यएरलाईन्स्मा टिकेट काटी बोडिंङपास सहित वईटिङ रुमा रहेको मान्छेलाई नेपाल एयरलाईन्स्को जहाजबाट ताल्चा विमानस्थल मुगु पुर्याई झण्डै ४ घण्टा पछि तारा एयरको विमानबाट नेपालगन्ज फर्काईएको थियो । एयरलाईन्स्हरुले मनपरी तरिकाले आफुलाई दुख दिएको र किन के कारण मुगु पुर्याईयो र टिकटको पैसा फिर्ता माग्दा उल्टै  धम्की दिने गरेको भन्दै छानविन गरि क्षतीपुर्ति माग सहित पिडित यात्रुले जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दर्ता गर्नुभएको छ । नेपालगन्ज देखि डोल्पा उडान भर्ने विभिन्न एयरलाईन्स्हरुले मनपरी गर्दा यात्रुहरुले सहजै उड्न पाउने अवस्था नरहेको बारम्बार गुनासो आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस