दाङ । माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजबादीका प्रदेश सदस्यहरु सहित चारदर्जन जिल्ला, क्षेत्र तहका नेताहरु बिहीबार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
समाजबादीका प्रदेशकमीटि सदस्यहरु प्रकाश पाण्डेय, सुरज बहादुर सोनाम, बिनोद श्रेष्ठको नेतृत्वमा चारदर्जन नेता कार्यकर्ताहरु नेकपा एमालेमा समाहित हुनु भएको हो । विशेष गरी देउखुरीको गढवा क्षेत्रमा कार्यक्षेत्र बनाउनु भएका सबै नेता कार्यकर्ताहरुले नेकपा एमालेले नै मुलुकको समृद्धि र विकास गर्न सक्ने, राष्ट्र र राष्ट्रियताको पक्षमा एमालेनै अडिग रहन सक्ने, नेपाली कम्युनिष्टको मूलप्रवाह पनि एमले नै भएकाले आफूहरु पुरानै घरमा फर्किएको उहाँहरुको भनाइँ थियो ।
सो अबसरमा बोल्दै नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सहीसमयमा समाजबादीका नेता कार्यकर्ताहरु नेकपा एमालेमा फर्किएको बताउँदै सबैको साथ सहयोगले एमाले मुलुकको बलियो शक्तिकारुपमा स्थापित हुन लागि रहेको बताउनुभयो । केही लोभीपापी नेताहरुले बिरोधीलाई पक्षपोषण गर्ने योजनासहित पार्टी फुटाएको भएपनि एमालेमा फर्किनु भएका इमान्दार नेता कार्यकर्ताका कारण एमाले पहिलेको भन्दा पनि बलियो बनि सकेको बताउनुभयो ।
एमाले नेकपाकै निरन्तरता समेत भएकाले माओवादी केन्द्रका आधा भन्दा बढि इमान्दार नेता कार्यकता एमालेमै गोलबद्ध भएको महासचिव पोख्रेलको भनाइँ थियो । अबको निर्वाचनबाट समाजबादी राष्ट्रिय दल बन्न नसक्ने ठोकुवा गर्दै महासचिव पोख्रेलले समाजबादीमा जानु भएका र अन्य दलमा रहनु भएका इमान्दार नेता कार्यकर्ताहरुलाई एमालेमा गोलबद्ध हुन अनुरोध गर्नुभयो । पार्टी प्रवेश कार्यक्रम एमाले दाङका सचिव मनोहर बुढाथोकीले गर्नुभएको थियो ।