नेता मिलेका हुन्, जनता एमालेसंग छन् : कोमल वली (अन्तर्वार्ता)

दाङ । निर्बाचन आयोगले देशैभरी मंसिर ४ गते प्रतिनीधि र प्रदेशसभाको निर्बाचन एकै पटकमा गर्ने तयारी गरेको छ । आयोगको कार्यतालिका अनुसार असोज २३ गते मनोनयन दर्ता गरेका विभिन्न राजनीतिक दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरुले हाल आफुलाई जिताउनका लागि मतदातासम्म पुग्ने र आफुलाई भोट दिन आग्रह गरीरहेका छन् । नेकपा एमालेले दाङ निर्बाचन क्षेत्र नम्बर ३ बाट नेतृ कोमल वलीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहनुभएकी वलीसंग चुनाबी एजेण्डाका बारेमा प्रेमबहादुर राम्जाले गर्नुभएको कुराकानी सारसंक्षेपमा ।

निर्बाचनको प्रचारप्रसार कसरी अघि बढेको छ ?

हामी मंसिर ४ गतेको निर्बाचनका लागि नेकपा एमालेका तर्फबाट सुर्य चिन्ह लिएर चुनाबी मैदानमा रहेका छौँ । हामीले निर्बाचन क्षेत्र नम्बर ३ मा प्रचारप्रसारलाई चरणबद्ध रुपमा अघि बढाएका छौँ । पहिलो चरणमा हामीले घरदैलो अभियानलाई चलाएका छौँ । त्यसबाहेक हामीले चुनाबी सभा, रात्रीकालीन भेटघाटलाई प्राथमिकतामा राखेका छौँ । सबै कार्यकर्ताहरु निरन्तर रुपमा हामीलाई साथ दिनुभएको छ ।

हामीले पहिलो चरणमा गरीरहेको घरदैलो अभियानलाई सबैले मन पराउनुभएको छ । सबै मतदाताको घरमा पुगेर सुर्यमा भोट मागीरहेका छौँ । जनता एमालेप्रति आकर्षित भएका छन् । हाम्रो प्रयास सम्पूर्ण मतदातालाई उहाँहरुको घरमै भेट्ने प्रयास हो । मतदाताहरु अहिले धान ढल्याउने काममै ब्यस्त हुनुभएको छ । घरमै भेट हुन नसके पनि हामीले उहाँहरुलाई खेतबारीमा पुगेर भेट्ने गरीरहेका छौँ । निर्बाचन आचार संहितालाई ध्यानमा राखेर निर्बाचनको प्रचार शैलीलाई प्रचार गरीरहेका छौँ ।

यस्तै हामीले घरदैलो बाहेक उद्योगी, ब्यबसायी, समाजसेवी, साहित्यकार, कलाकार तथा पत्रकार एवं समाजका बुद्धिजीबिहरुलाई पनि समय मिलाएर भेट गरीरहेका छौँ । हामीले जति जना मतदातालाई भेटेका छौँ सबै उत्साहित हुनुभएको छ । यसले हामीलाई चुनाबका क्रममा उत्साह थपेको छ ।

प्रचारका लागि सामाजिक सञ्जालको पनि खुबै सदुपयोग गर्नुभएको छ हैँ ?

प्रबिधीको युगमा सामाजिक सञ्जालको सदुपयोग गरिएको छ । हाम्रो घोषणा पत्र पनि डिजीटल प्रबिधी मार्फत् सार्बजनिक भएको तपाईलाई थाहा छ । मैले पनि चुनाब प्रचार तथा भोट माग्नका लागि सामाजिक सञ्जालको प्रयोग गरेको छु । मेरो सचिबालयले सामाजिक सञ्जाल प्रयोग गरीरहेको छ । बिशेषगरी फेसबुक र टिकटकको प्रयोग हामीले गरेका छौँ । मतदाताको घरसम्म पुग्न नसके पनि सामाजिक सञ्जाल मार्फत् पुगेका छौँ । यो गज्जबको तरिका पनि हो ।

तपाईलाई यो क्षेत्रका मतदाताले किन जिताउने ?

मैले राजनीतिमा जहिलेदेखि चासो र चिन्ता राख्न थाले त्यही समयदेखि यही क्षेत्रलाई पहिलो रोजाईमा राखेको छु । बिकास निर्माणका योजना अघि सार्दा मैले यही क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेकी छु । मलाई नेकपा एमालेले राष्ट्रियसभामा लगेपछि जनताका सरोकार राख्ने बिषयलाई जोडदार रुपमा बोलेकी छु । यसक्षेत्रका पुल, बाटो, बिमानस्थल, खानेपानी, सिचाई, स्वास्थ्य, शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको सबैलाई थाहा छ ।

यस्तै बिकास निर्माण गर्नका लागि पनि मलाई यसक्षेत्रका जनताले जिताउनुपर्ने अबस्था सिर्जना भएको छ । हिजो कोभीड महामारीको समयमा स्वास्थ्य मन्त्रालय मार्फत् धेरै काम गरेको छु । राजनीतिमा क्रियासिल हुनुअघि मैले पत्रकारिता र कलाकारिता मार्फत् समाजसेवा गरेको सबैलाई जगजाहेर छ । यसक्षेत्रका जनताको जीवनस्तर बदल्नका लागि अनि यसक्षेत्रको भौतिक पुर्बाधार निर्माणका लागि मलाई जिताउनु पर्छ ।

यसक्षेत्रका जनताको भावना, चाहाना अनुसार मैले काम गर्ने छु । सबैले मलाई उत्साह थप्नुभएको छ । मलाई यसक्षेत्रका जनताले जिताएपछि पछुताउनुपर्ने काम केही पनि गर्ने छैन । दाङमा त्यो पनि यही क्षेत्रमा जन्मे हुर्केको मान्छे दंगाली चेली भएको नाताले पनि मलाई यसक्षेत्रका जनताले जिताउनुपर्ने छ । छोरीहरुले केही गर्न सक्दैनन् भन्नेहरुका लागि पनि यसक्षेत्रका जनताले मलाई जनताले जिताउनुपर्ने छ ।

यसक्षेत्रको बिकासका लागि कोमल वलीलाई जिताउनुपर्ने हो त ?

इमान्दार पुर्बक बिकास निर्माणको काम गर्ने नै हो भने यसक्षेत्रका जनताले मलाई नै जिताउनु पर्छ । किनभने मेरो हुटहुटी यही क्षेत्र हो । मेरो सपना यही क्षेत्र हो । समृद्ध क्षेत्र र यसक्षेत्रलाई नमुना क्षेत्र बनाउने मेरो चाहाना छ । हाम्रो पार्टीको सरकार हुदा यसक्षेत्रको बिकासका लागि धेरै काम गरेका छौँ ।

हिजो हाम्रो पार्टीको सरकार हुदा यसक्षेत्रको बिकासका लागि हामीले धेरै काम गरेका छौँ । पार्टीका अध्यक्ष केपी शर्मा वली र प्रदेशका सस्थापक मुख्यमन्त्री शंकर पोखरेल हुदा हामीले कति काम गरेका छौँ सबैलाई थाहा छ नि ! यसक्षेत्रमा रहेका खोला तथा बबई नदिमा हामीले झुलुंगे पुल निर्माण गरेका छौँ । त्यसक्षेत्रका जनतालाई खोला तथा बबई नदि पार गर्न धेरै सजिलो भएको छ । यसक्षेत्रका स्थानीय तहमा अस्पताल निर्माणको प्रक्रिया सुरु भएको छ ।

संघीय सरकार र प्रदेश सरकार मार्फत् यसक्षेत्रको बिकासका लागि धेरै योजनाहरु अघि बढेको सम्पूर्ण मतदातालाई जानकारी नै छ । कतिपय योजनाहरु अहिले पनि अलपत्र अबस्थामा रहेका छन् । अलपत्र रहेका योजना अनि बर्तमान सरकारले यसक्षेत्रप्रति गरेको ब्यबहारको अन्त्य गर्नलाई पनि मतदाताले मलाई जिताउनुपर्ने देखिन्छ।

तपाईले चुनाब जित्ने आधार केके हुन् ?

मलाई र मेरो पार्टी नेकपा एमालेलाई जनताको जनबिश्वास छ । नेकपा एमाले र एमालेले अघि सारेका सम्पूर्ण उम्मेदवारलाई दैनिक जनताको बिश्वास बढ्दै गएको छ । यसको मतलब हिजो एमालेप्रति जनताको बिश्वास थिएन भन्न खोजेको होइन । अर्को तर्फ आम जनताले बिगतमा नेकपा एमालेको सरकार हुदा त्यो सरकारले गरेको कामलाई मुल्यांकन गरेकै छन् । एमालेको सरकारले अघि सारेका योजना २०७८ साल असार २९ गते गठन भएको परमादेशको सरकार गठन भएपछि अलपत्र रहेका छन् । यो बिषय सबैलाई थाहै छ त ? बर्तमान सरकारले राम्रो काम गरेकै छैन । हामी जनताको सल्लाह सुझावका आधारमा सरकारले जनताका कुरालाई ध्यानमा राखेर काम गछौँ भनेका

प्रतिक्रिया दिनुहोस