दाङ । नेकपा एमालेबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवारहरुको घरदैलो कार्यक्रम जारी छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार कोमल वली र ३ (ख) प्रदेश सभा सदस्यका उम्मेदवार हुकुम बस्नेतको चुनावी प्रचार बबईमा भएको छ । गाउँपालीकाको वडा नम्बर ६ मा घरदैलो तथा भेटघाट भएको छ ।
त्यस अवसरमा बोल्दै उम्मेदवार कोमल वलीले श्वास्थ्य, शिक्षा र सडकको अवस्था सुधार गर्न प्राथमिकताका साथ काम गर्ने बताएकि छिन ।
एमालेकै पालाबाट पश्चिम दाङले मुहार फेर्न थालेको हुदा अझै बाकि कामहरु पुरा गर्न आफुहरु लागेको उनले बताईन । विगतको तुलनामा केहि विकसित हुन थालको हुदा यसलाई आगामि ५ बर्ष भित्रमा थप समृद्ध बनाउने उनको प्रतिबद्धता थियो ।
यस्तै प्रदेश सभा सदस्यका उम्मेदवार हुकुम बस्नेतले सर्वहारा जनताको पार्टि एमाले भएको हुदा गरीव, दुखीको सेवक बन्ने अवसर दिन अपिल गरेका थिए । एमालेका राम्रा कामले नै जनताले विश्वास गरेको हुदा एक्लै लड् सक्ने हैसियत नहुदा पाँच दलिय गठबन्धन बनेको उनले बताए । तर जनताले यो गठबन्धन स्वार्थका लागी भएको हुदा जनताले निर्वाचन मार्फत देखाईने बताएका थिए ।
सो अवसरमा मतदाताहरुले उम्मेदवारहरुलाई भव्य रुपमा स्वागत समेत गरेका थिए ।