दाङ । नेकपा एमालेको सरकारले आर्थिक समृद्धि हासिल गर्नुका साथै विपन्न, सुकुमबासीहरुको हितमा काम गर्ने भन्दै घोराही–१४ सेवारखोला नजिकै बसोबास गर्ने जनमैत्री टोलका ३४ जना व्यक्तिहरु एमालेमा प्रवेश गर्नु भएको छ । सुकुमबासी बस्तीकारुपमा चिनिएको उक्त टोलको तर्फबाट सोमबार आफ्नै टोलमा भव्य कार्यक्रमको आयोजना गरी नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नम्वर २ का संघीय सांसद उमेदवार शंकर पोख्रेललाई स्वागत गर्नुका साथै ३४ जना पार्टी प्रवेश गर्नु भएको थियो ।
विगतमा अन्य पार्टीहरुमा भोट हालेको भएपनि आफूहरुको पहिलो समस्या लालपूर्जाको रहेको बताउँदै स्थानीय बासिन्दाले नेकपा एमालेको सरकारले लालपूर्जा वितरण गर्न गठन गरेको सुकुमबासी आयोग अहिलेको सरकारले विघठन गरी लालपूर्जा वितरण कार्य नगरेको, चरम महंगी हुँदा समेत सरकार मौन बसेको भन्दै उहाँहरु एमाले प्रवेश गर्नु भएको हो । सो अबसरमा बोल्दै नेकपा एमालेका महासचिव शंकर पोख्रेलले अबको निर्वाचनबाट नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने र एमाले सरकार बनेको दुईवर्ष भित्र सबै सुकुमबासीहरुलाई जग्गाधनी पूर्जा वितरण गरिने बताउनुभयो । नेपालका सुकुमबासी एवं जग्गा नहुनेहरुका लागि जग्गाको व्यवस्थापन गर्दै पूर्जा वितरण गर्नका लागि एमाले सरकारले सुकुमबासी आयोग गठन गरेको, त्यसले धेरै नै काम सम्पन्न गरि सकेको अवस्थामा गठवन्धनको सरकारले आयोग विघठन गरेर सुकुमुबासीहरुको ढाडमा लात हानेको आरोप लगाउनुभयो । यस विषयमा एमाले सरकारले धेरै काम गरिसकेकाले अब पूर्जा वितरण गर्न एमाले सरकार बनेपछि समस्या नहुने पोख्रेलको भनाइँ छ ।
एमालेलाई जिताउन भन्दै ताराप्रसाद बस्नेत, दिलबहादुर चलाउने, टिकाराम बस्नेत, खिमबहादुर नेपाली, गणेश वली, कमल वली, दिपक वली, दिपा वली, अनिता वली, दिया वली, चुर्न वस्नेत, कल्पना खड्का, जयकुमारी खड्का, मनराज खड्का, मोहन बिक, कमला बस्नेत, रुपधन बस्नेत, चुरण बस्नेत, सपना बस्नेत, कलम वली, स्मृति बस्नेत, शोभाराम नेपाली, हरिकला बस्नेत, पवित्रा चलाउने, प्रेमबहादुर बस्नेत, गौरी बस्नेत, केशरी बस्नेत, तिलसरी बुढा, कुम्भ बुढा, ओमप्रकाश बस्नेत, विवेक बुढा, चन्द्रबहादुर बस्नेत, शारदा बस्नेत एमाले प्रवे गर्नु भएको हो ।