वडा न: १५ नगर स्तरिय फुटबलको फाईनलमा

दाङ । तुलसिपुर उपमहानगरपालिका वडा न १५ दाङ तुलसिपुरको दमारगाउमा जारी नगर स्तरिय पुरुष फुटबल प्रतियोगिता २०७९ को फाइनलमा प्रवेश गरेको छ ।

तुलसिपुर उपमहानगरपालिका वडा न ३ को आयोजनामा संचालित प्रतियोगिताको आईतवार बिहान सम्पन्न सेमिफाइनल खेलमा वडा न ७ लाई ट्राईवेकरमा तिनका विरुद्ध चार गोलले पराजित गर्दै वडा न १५ ले फाइनल यात्रा तय गरेको हो ।

उल्लेख दर्शकको उपस्थितिमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको निर्धारित समय सम्म एक एक गोलको बराबरी भएपछी नतिजा ट्राईवेकर बाट निकालिएको थियो । यसैबिच प्रतियोगिता अन्तरगत आज दिउँसो दुई बजे हुने दोस्रो सेमिफाइनलमा वडा न ८ र ६ भिड्ने एन्फा रेफ्री शिवहरी शर्माले जानकारी दिनु भएको छ ।

प्रतियोगिताको बिजेता ले नगद ६५ हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।त्यस्तै उपविजेताले नगद ३० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछ भने ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी लाई पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा तुलसिपुर नगर क्षेत्रका १२ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस