तुलसीपुर । पत्रकार ऋषि धमलाको निर्वाचन महासंग्राम २०७९ को कार्यक्रममा नेकपा एमालेका दाङ निर्वाचन क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कोमल वली मात्रै सहभागी हुनु भएको छ । महासंग्राम कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उमेदवार वली संग शनिवार राती रिपोट्स क्लव तुलसीपुरमा बहस भएको हो । त्यस अवसरमा उम्मेदवार वलीले जनताको जिवनस्तरमा परिवर्तन ल्याई विकासको अनुभुति हुने गरि काम गर्ने बताएकि थिईन।
यद्यपी यो कार्यक्रमको युनिटले दुई उम्मेदवार संग एकै मञ्चमा बहस गर्ने भनिएता पनि गठबन्धनबाट कांग्रेसका उम्मेदवार दिपक गिरीले संगै नगरी छुट्टाछुट्टै मात्रै बहस गर्ने जवाफ दिएका थिए । महासंग्राममा दुवै जना उमेदवार संग एकैसाथ बहस हुने खवरले शुभेच्छुक तथा सर्वसाधरणको भिड लागेको थियो । तर अन्तत कोमल वली संग मात्रै बहस हुने भएपछि सर्वसाधरणले असन्तुष्टि पोखेका थिए । प्राईम टेलिभिजनबाट प्रशारित कार्यक्रममा कोमल वली संगको बहस सकिएपछि पनि गिरी भने सहभागी भएनन् । कार्यक्रम पश्चात गिरी संग सम्पर्क गर्दा सम्पर्क हुन नसकेको स्रोतले बताएको छ ।