डाेल्पा – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि निर्बाचनका समाग्री र मतपत्र आज नेपाली सेनाको हेलिकप्टरमा डोल्पा आइपुगेको निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । जिल्ला निर्बाचन कार्यालयले मतदाता शिक्षाको केहि सामग्रिहरु,कोरा,सियो धागो जस्ता १५ प्रकारको समाग्री केहि दिन अघिनै किनिसकेको जनाएको थियो ।
आज शनिवार प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावको लागि मतपत्र,मतदान अधिकृतको लागि लानु पर्ने छेकारबार,रबरम्याड,स्वास्थिक छापको रबर,स्वास्थिक छाप पितल ,कैचि,इस्टमप्याड, इस्टमप्याड मसि,प्रमान्यान्ट मारकर मसि,मारकर पलास्टिक बोरा ,कलम,पञ्चिङ्ग मेसिन,पलाष्टिकका थैला ,दुइमिटर कोरा कपडाको थैला जस्ता निर्बाचनका लागि आबशयक पर्ने ५३ प्रकारका सामग्रिहरु हेलिकप्टर द्धारा आज डोल्पा पुगेको निर्बाचन कार्यालय डोल्पाका नायब सुब्बा विष्णुकान्त न्यौपानेले जानकारि दिनु भयो । त्यस्तै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि २६ हजार मतपत्र डोल्पा ल्याईएर पनि मुख्या निर्बाचन अधिकृतको कार्यालयमा बुझाईसकको न्यौपानेले जानकारी दिनु भयो । डाल्पामा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि २२ हजार ७ सय ७४ मतदाता रहेका छन । कर्णाली प्रदेश राजधानी सुर्खेतमा मौसम गडबडी भएको कारण डोल्पामा मतपत्र सहित निर्वाचन सामाग्री आज आईपुगेको हो ।