देउसी खेलेर संकलन गरेको रकमबाट अस्पताललाई विभिन्न सामाग्री हस्तान्त्रण

डोल्पा ः नेपालीहरुको दोस्रो ठुलो महान चार्ड तिहारमा देउसी भैलो खेलेर प्राय जस्तो रमाईलो संगै आर्थिक संकलन गर्ने अनि खानपीन गरेर रमाईलोमै संकलीत रकम सक्काउने गरिन्छ तर जिल्ला अस्पताल डोल्पाका स्वास्थ्यकर्मी र केहि स्थानीयहरु देउसी भैलो खेलेर संकलन गरेको आर्थिकबाट जिल्ला अस्पतालमा विरामीलाई आवश्यक पर्ने विभिन्न सामाग्रीहरु किनेर हस्तान्त्रण गरिएको छ । जिल्ला अस्पताल डोल्पाका चिकित्सा शाखा प्रमुख डाक्टर अखण्ड उपाध्याको नेतृत्वमा विदाको समय गत तिहारमा सदरमुकाम दुनैमा स्वास्थ्यकर्मी र केहि स्थानीयले मौली संस्कृत जगेर्ना गर्ने उदेश्यले देउसीभैलो कार्यक्रम गरिएको थियो ।

उक्त देउसी भैलो कार्यक्रमबाट संकलन भएको रकमबाट सवै टिमको सल्लाह अनुसार जिल्ला अस्पताल डोल्पामा विरामीलाई आवश्यक पर्ने विभिन्न सामाग्रीहरु खरिद गरि अस्पताललाई हस्तान्त्रण गरिएको छ । देउसीबाट संकलन भएको रकमबाट बाल्टी ५ थान, तातो चिसो पानी डिस्पेन्सर १ थान, ईलेक्ट्रिक जग २ थान र झुल १५ थान किनेर जिल्ला अस्पताल डोल्पालाई हस्तान्त्रण गरिएको छ । रमाईलो गर्दै देउसी भैलो खेलेर संकलन भएको सानो रकमबाट अस्पतालमा तत्काल आवश्यक पर्ने सामाग्री किनेर हस्तान्त्रण गर्ने सवैको सल्लाह बमोजिम आर्थिकले भ्याए सम्मको सामाग्री अस्पतालाई हस्तान्त्रण गर्न पाउदा निकै खुसी लागेको जिल्ला अस्पताल डोल्पाका डाक्टर अखण्ड उपाध्याले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस