डोल्पा कार्तिक १९ गते । निर्वाचन आयोग जिल्ला निर्वाचन कार्यालय डोल्पाको आयोजनामा डोल्पा जिल्लाका विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरुलाई निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक आधा दिवसीय मिडिया अभिमुखिरण कार्यक्रम सम्पन्न भएको छ । आगामी मंसिर ४ हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षीत गरि निर्वाचनमा संचार माध्यमको भुमिका बारे छलफल गरिएको थियो ।
उपस्थित पत्रकारहरुलाई प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले निर्वाचनमा मिडिया र पत्रकारको भुमिका बारे प्रस्ट पार्नु भएको थियो। यस्तै जिल्ला निर्वाचन अधिकृत राम बहादुर सार्कीले निर्वाचन र सञ्चार माध्यमको विषयमा जानकारी गराउनु भएको थियो । यस्तै निर्वाचन कार्यालय डोल्पाका कम्यूटर अप्रेटर श्यम कुमार राई(सुमन)ले मित्था सूचना,दस्प्रचार र कुसूचनाको बारेमा स्पस्ट पार्नु भएको थियो । निर्वाचनको समयमा कस्ता किसिम गतिविधि गर्न हुने कस्ता किसिमका गर्न नहुने भन्ने बारेमा पनि प्रस्ट पारिएको छ ।
सूचना र सञ्चारको यूगमा पत्रकारको महत्वपूर्ण भूमिका रहेकोले सत्य तथ्य सुचना प्रकाशन प्रसारण गरि आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निवाृचनलाई सफल बनाउन पत्रकारहरुलाई जिल्ला अदालत डोल्पाका न्यायधीस तथा मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले आग्रह गर्नु भएको थियो । निर्वाचनको तयारी सवै पुरा भएकोले यसलाई पर्वको रुपमा सम्पन्न गर्न आग्रह गर्नु भएको छ ।
भ्रमपूर्ण सुचना समाचारले दुन्द सिर्जना हुने भएकोले जिल्लाका सम्पुर्ण निकाय संग समन्वय गरि सत्य तथ्य समाचार प्रकाशन गर्न प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले आग्रह गर्नुभएको छ । भौगोलीक हिसाबले ठुलो जिल्ला भएकोले हालको जनशक्ती अनुसार जिल्लामा सुरक्षा व्यवस्था मिलाई सकेकोले मतदातालाई भएरहीत वातावारण आफ्नो गोप्य मतदान गर्न पनि प्रजिअ अधिकारीले आग्रह गर्नु भएको छ । डोल्पा सधै निर्वाचनमा धाधली हुन्छ भन्ने भ्रम हटाउनको लागि पनि जिल्लाका सवै निकाय समन्वय गरेर निर्वाचन सफल गराउनु पर्ने पनि उहाँको भनाई छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचन हरेक पाँच बर्षमा आउने उत्सब भएकोले शान्त वातावरणमा निर्वाचन सम्पन्न गराउन जिल्लाका सम्पुर्ण निकायलाई जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकायाले आग्रह गर्नु भएको छ । निर्वाचन आचार संहिता भित्र रही मंसिर ४ को निर्वाचनलाई सफल बनाउन पनि उहाँले आग्रह गर्नु भएको हो । डोल्पा भौगोलिक हिसावले कठिन संगै यहाँ मतदाता शिक्षाको अभाव भएका कारण पनि विभिन्न समस्याहरु आउन सक्ने भएकाले यसमा सवैले जोड दिनु पर्ने रोकायाले बताउनु भयो ।
डोल्पा जिल्लामा मतादाता शिक्षाको कमीले गर्दा विगतका निर्वाचनहरुमा वारिसे कै कारणले मतदान केन्द्रहरुमा धाधली हुने गरेकोले निर्वाचनको समय भन्दा पनि अन्य समयमा मतदाता शिक्षा अहिलेको आबश्यकता रहेको नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले बताउनु भयो । निर्वाचन हुनु भन्दा पनि केहि दिन अघि मात्र मतदाता शिक्षा दिएर कुनै पनि उपलब्धी नहुने भएकोले हरेक समयमा नागरिकहरुलाई छुट्टै मतदाता शिक्षा दिन आवश्यक रहेको अध्यक्ष बुढाले बताउनु भयो । यस्तै विभिन्न मतदान केन्द्रहरुमा खटिने कर्मचारीहरुलाई पनि कानुन अनुसारको नियम पालना गरेर निर्वाचन गराउन निर्देशन दिन पनि आग्रह गर्नु भयो । कार्यक्रममा जिल्लाका विभिन्न मिडियामा आवद्ध पत्रकार,विभिन्न निकायका प्रमुखहरुको सहभागीता रहेको थियो ।