olux

पार्टि प्रबेश गराउदै पाण्डेले भने जनताको भविष्य एमालेमै छ

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेले घरदैलो तथा भेटघाट कार्यक्रम जारी राखेको छ । सोहि कार्यक्रममा विभिन्न पार्टि परित्याग गरि एमालेमा प्रबेश गरेका छन ।

शुक्रवार प्रतापकोटमा माओवादी परित्याग गरि एमालेमा प्रबेश गरेका थिए । आज फेरी तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ९ बेलुवामा भएको घरदैलो कार्यक्रममा पनि पार्टि प्रबेश गरेका छन ।

त्यहा विबेकशिल साझा पार्टिका नेताहरु केबि न्यौपाने,विनोद न्यौपाने, प्रकाश परियार लगायतलाई एमालेका प्रदेश सभाका उम्मेदवार घनश्याम पाण्डेले स्वागत गरेका छन । उनिहरु राष्टीयता र देशको विकास गर्ने पार्टि भनेको एमालेनै भएको हुदा प्रबेश गरेको बताएका छन । यसैविच पार्टि प्रबेश गरेकालाई स्वागत गर्दै उम्मेदवार पाण्डेले एमालेप्रति जनताको भविष्य रहेको बताएका थिए । उनले उत्साहपुर्ण जनताको साथ रहेको हुदा आफुहरु विजयको दिशामा अघि बढेको बताएका थिए ।

गठबन्धनले जनता माथि महगिँ थुपारेकोले निर्वाचन मार्फत एमालेलाई जिताएर जवाफ दिने बताएका थिए । उनले तुलसीपुर उपमहानगरपालीका मार्फत लुम्बिनि प्रदेशमा एमालेले अघि सारेका विकास निर्माणका कामहरु गठबन्धन सरकारले खारेज गरेर जनतामा निराशा पैदा गरेको बताएका थिए ।

कार्यक्रममा एमाले दाङका उपसचिव कृष्ण भुषाल,संगीत बस्याल,नगर सचिव रुप बहादुर खत्रि लगायतको सहभागीता रहेको थियो ।।

प्रतिक्रिया दिनुहोस