तुलसीपुर । नेकपा एमालेले आज विहान तुलसीपुरका विभिन्न वडामा घरदैलो कार्यक्रम गरेको छ । वडा नम्बर ९ को घरलैलोमा निर्वाचन क्षेत्र ३ का प्रतिनिधिसभाका उम्मेदवार कोमल वली र प्रदेश सभाका उम्मेदवार घनश्याम पाण्डेले मतादाताका समस्या बुझ्दै मत मागेका छन । त्यस अवसरमा मतदाताले यस क्षेत्रमा निर्वाचन जितेकाबाट कुनै खालको परीवर्तन नभएकोमा गुनासो गरेका थिए ।
यसपटक भने प्रतिनिधि सभा र प्रदेश सभामा नँया अनुहारलाई जिताउन लागिपरेको भन्दै उम्मेदवारलाई शुभकामना ब्यक्त गरेका थिए । मतदाता संगको भेटमा प्रदेश सभाका उम्मेदवार घनश्याम पाण्डेले जनताले परीवर्तनको महशुस हुने गरि काम गर्ने प्रतिबद्धता जनाएका थिए । उनले सुखी नेपाली र समृद्ध नेपालको परीकल्पना एमालेले गरेको हुदा जनताको भविष्य सुर्य चिन्हमा रहेको बताएका थिए ।
वडा नम्बरको पुल्चोकबाट सुरु भएको घरदैलो कार्यक्रम मिलन चोकमा पुगेर सभामा परीणत हुने नगर सचिव रुप बहादुर खत्रिले जानकारी दिए ।