डाेल्पाकाे रुपगाड खोलामा अझै बनेन (फड्काे) काठेपुल

डोल्पा, कात्तिक १९ गते । डोल्पाको सदरमुकाम दुनै नजिकै रहेको राष्ट्रिय सडक अन्तर्गत पर्ने रुपगाड खोलामा रहेको गाडि तर्ने (फड्काे) काठेपुल अझै नबन्दा यात्रुहरुलाई आउजाउमा मर्का परेको छ ।

राष्ट्रिय सडक सञ्जाल जाजरकोट डोल्पा सडक अन्तर्गत डोल्पाको सदरमुकाम दुनै नजिकै पर्ने रुपगाड खोलामा काठको फड्को लगाएर सवारी तथा मालबाहाक यातायातका साधनहरु तार्ने गरेकोमा उक्त फड्को बिग्रे पछि समस्या बनेको छ । उक्त फड्को नबन्दा दुनैबाट रुपगाडसम्म जीपबाट गई वारि झरी हिडेर खोला पारि गई फेरि जीप खोजेर सवार गर्नु पर्ने बाध्यताले सास्ती भएको यात्रुहरुले जनाउने गरेका छन् ।
यो काठको फड्को मर्मत तथा निर्माणका लागि ठुलीभेरी नगरपालिकालाई गुहारिएको भए पनि नबने पछि राष्ट्रिय सडक अन्तर्गत पर्ने भएकाले सडक डिभिजन कार्यालय चौरजहारिलाई फड्को बनाउन भनिएको र तुरुन्तै बनाइने आफूलाई जानकारी सडक डिभिजन कार्यालय चौरजहारिले बताएको प्रमुख जिल्ला अधिकारी बेदनीधि अधिकारीले जानकारी दिनु भएको छ ।

यस रुपगाड खोलामा नेपाल सरकारले ३ वर्ष अघि नै बेली ब्रिज निर्माणका लागि सडक डिभिजन कार्यालय चौरजहारिले ठेक्का गरेको थियो । काम गर्ने क्रममा कोरोना महामारिको बहाना, त्यस पछि विभिन्न अप्ठेराहरु देखाउदै ठेकेदारले बेलि ब्रिज निर्माण कार्यमा ढिलाई गरिरहेकोमा वर्षातको समय सकिएकाले बेलि ब्रिज पनि छिटो निर्माणका लागि ताकेता भैरहेको समेत प्रजिअ अधिकारीले बताउनु भयो ।

डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिएको भनिएको भए पनि यस प्रकारका विभिन्न नदि, खोलाहरुमा पुल नबन्दा सडक यातायातबाट यात्रा गर्नेहरुले निकै समस्या झेल्नु परेको छ । यही मौका छोपेर तल्लु बगरदेखि त्रिपुराकोटसम्मका जीप चालकहरुले यात्रुहरुलाई निकै दुख दिने गरेको, ओभरलोड यात्रु भर्ने, समयमा नहिडाउने, यात्रुका कुरा नसुन्ने, लिन्नौ भन्ने, थोरै सामान भए पनि सामानको समेत छुट्टै पैसा माग्ने जस्ता व्यवहार गर्ने गरेको सडक यातायातबाट आज मात्रै दुनै पुग्नु भएकी एक महिला शिक्षकले बताउनु भयो । यसमा सरकार तथा प्रहरी प्रशासनको नजर नपुगको गुनासो समेत उहाँ जस्ता थुप्रै यात्रुहरुको रहेको छ । तस्बिर : फाईल फाेटाे

प्रतिक्रिया दिनुहोस