१८ कार्तिक, डोल्पा । आगामी मंसिर ४ गने हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा आचार संहिता विपरीत प्रदेश मन्त्री, गाउँ तथा नगरपालिकाका जनप्रतिनिधिहरु चुनावी प्रचाप्रसारमा लागेको गुनासो बढेको छ । डोल्पाका ठुलीभेरी नगरपालिका, मुड्केचुला गाउँपालिका लगायतका विभिन्न स्थानीय तहमा विभिन्न राजनितिक दलबाट निर्वाचित गाउँपालिका अध्यक्ष, नगरप्रमुख देखि वडा अध्यक्ष तथा कार्यपालिका सदस्य सम्मका जनप्रतिनिधिहरु निर्वाचन आचार संहिता विपरीत चुनाव प्रचारप्रसार गरिरहेको गुनासो बढेको हो । चुनाव प्रचार प्रसार मात्रै होइन विभिन्न आश्वासन पनि दिने गरेको हल्ला चल्न थालेको छ । निर्वाचीत भैसकेपछि सवै जनप्रतिनिधिहरु नागरिक सरह हो । अनि अर्को कुरा चुनावमा राज्यको स्रोतबाट योजना दिउँला, यो काम गरुला, उ काम गरुला भनेर आश्वासन दिने भएकाले निर्वाचन प्रभाव पार्न सक्छन् भनेर निर्वाचन आयोगले स्थानीय तहका कार्यपालिका सदस्यहरुले निर्वाचनमा लाग्न नपाउने आचारसंहितामा राखेको छ । दलबाट निर्वाचन जितेको भए पनि निर्वाचित भैसकेपछि जनप्रतिनिधि सबैको साझा हुने भएाले कुनै राजनितिक दलको भोट माग्दै हिड्न नसुहाउने र निर्वाचन अचार संहिताले नदिने मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।
यस्तै निर्वाचन आचार संहिता विपरीत निर्वाचित जनप्रतिनिधि कुनै पनि राजनितिक दलको चुनाव प्रचारप्रसारमा गएको भेटिएमा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडी बढाईने मुख्य निर्वाचन अधिकृत एवम् डोल्पा जिल्ला न्यायाधिश बाबुराम सुबेदीले बताउनु भएको छ । डोल्पा जिल्लामा हाल सम्म लिखित उजुरी नपरे पनि मौखीक रुपमा आएको जानकारी अनुसार चुनाव प्रचारमा हिडेका भन्ने सवै जनप्रतिनिधिहरुलाई किन आचार संहिता उलंघन गरेको भनेर सोधेको र उनिहरुले सामान्य जनता भेटघाट गरेर प्रचार प्रसार नगरेको भन्ने आएकोले पहिलो चरणमा सुझाव मात्र दिइएको मुख्य निर्वाचन अधिकृत सुबेदीले बताउनु भयो । निर्वाचन आचार संहिता विपरीत विभिन्न वाहानामा चुनाव प्रचारप्रसार भोट माग्न हिडेको प्रमाण सहित उजुरी आएमा कानुन बामोजिम कारबाही गरिने मुख्य निर्वाचन अधिकृत सुबेदीले जानकारी दिनुभयो ।
निर्वाचन आचार संहिताकाे दफा ५ मा स्थानीय कार्यपालिका वा साे का पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तरगत खण्ड (क)मा कुनैपनि राजनितीक दल वा उम्मेदवार काे पक्षमा प्रचारप्रसार संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने तर स्थानीय कार्यपालिका पदाधिकारीले आफू बहाल रहेकाे स्थानीयतह भन्दा अर्काे स्थानीयतहमा दलकाे प्रचारप्रसार गर्न पाउने ब्यबस्था गरिएको छ ।