तुलसीपुर । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेका प्रतीनिधिसभा सदस्यका उम्मेदवार कोमल वलीले जनताका आधारभुत आवस्यकता पुरा गर्ने बताएका छिन । आज तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ३ को थर्कोटमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । आफु पश्चिम क्षेत्रको विकास गर्ने उदेश्यले निर्वाचनमा होमिएको हुदा मतदान गर्न अपिल गरेकि हुन ।
यहाँका जनताको समस्याबारे जानकार रहेकोले निर्वाचित भएको बर्ष दिनमै परीवर्तन आउने गरि विकास गर्ने प्रतिबद्धता जनाएकि थिईन । उनले थर्कोट आफैमा महत्व बोकेको क्षेत्र भएकोले यसलाई देशमै चिनाउन पहल थाल्ने बताएकि थिईन ।