olux

शान्तिनगरमा हुकुम बस्नेतको घरदैलो तीव्र

दाङ । दाङ क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्य पदमा उम्मेदवार दिएका नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका बस्नेतले शुक्रबार शान्तिनगर गाउँपालिका वार्ड न: २ मा घरदैलो कार्यक्रम गरेका छन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजेश मास्कीसँग प्रतिस्पर्धामा रहेका बस्नेतले घरदैलो कार्यक्रममा क्रममा जनतालाई कहिल्यै निराश नबनाउने गरी आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

कोणसभामा बोल्दै बस्नेतले यस क्षेत्रको समस्याबारे आफु परिचित रहेको र लालपूर्जा उपलब्ध गराउन आफुले सकेको पहल गर्ने बताए ।

जग्गधनी लालपूर्जाको लागि पनि म तपाईहरुसँगै रहेर पहल गर्नेछु’, बस्नेतले भने, ‘एमालेलाई विजयी गराइदिनुहोला । हाम्रो सरकार बनेपछि तपाईहरुका धेरै अपेक्षा हामी पुरा गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस