olux

एमालेको चुनावी गीत : ‘सहर सहरमा ओली, सूर्यको जित भोलि…’ (भिडिओ)

नेकपा एमालेले चुनावी गीत सार्वजनिक गरेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमाफर्त चुनावी गीत सार्वजनिक गरेका हुन् ।

भिडियोसहितको गीतमा ‘सहर सहरमा ओली’, ‘गाउँगाउँमा ओली’, ‘मंसिर चार ओली सरकार’ लगायतका नारा लगाइएको छ । गीतमै ‘यो जित कसको ? ओलीको’ भनिएको छ । भिडियोमा जताततै अध्यक्ष ओलीको भाषण, दौडधूप र क्रेजलाई देखाइएको छ । गीतको बोलहरु भिडियोमा लेखिएको छ ।

नेकपा एमालेले शुक्रबार दार्चुलाबाट चुनावी अभियान सुरु गरेको छ । चुनावी अभियान सुरु गर्नुअघि एमालेले चुनावी गीत सार्वजनिक गरेको हो ।

भिडिओ

प्रतिक्रिया दिनुहोस