दाङ । नेकपा एमालेका दाङ क्षेत्र नं ३ (ख)बाट प्रदेश सभाका लागि उम्मेदवार बनेका हुकुम बहादुर बस्नेतको लोकप्रियता बढदै गएकोे छ।
शान्तिनगर गाउँपालिकाका विभिन्न टोलमा बिहीबार बिहान घरदैलोमा पुगेका बस्नेतलाई मतदाताले आशिर्वाद दिँदै जित निश्चित भएको भन्दै अग्रिम शुभकामना दिएका हुन् ।
अन्य पार्टीमा आवद्ध रहे पनि यस पटक भने हुकुम बस्नेतलाई जिताउनु पर्ने भन्दै मतदाताहरु एक जुट भएर घरदैलो गर्दै हिँडेका छन्।
यस अघि जितेर गएका प्रतिनिधिले सपना मात्रै देखाएको भन्दै मतदाताहरुले अब भने नेकपा एमालेका उम्मेदवार हुकुम बस्नेतको पक्षमा मतदान गर्ने बताए ।
कार्यक्रममा आत्मियता,सद्भाव,समर्थनका साथै उत्साह जनक सहभागीताबाट नेता बस्नेत प्रति जनता निकै उत्साहित देखिएको थियो। त्याहाँका जनताले मंसिर ४ गते हुने निर्वाचनमा एमालेबाट उम्मेदवार रहेका नेता बस्नेतलाई विजयी गराई यस क्षेत्रको मुहार फेर्ने बताएका छन् ।
घरदैलो अभियानमा अग्रज, महिला, बुद्धिजिवी, युवा लगायतको सहभागिता रहेको थियो ।