olux

घोराहीमा २९ जना युवाहरु एमाले प्रवेश

घोराही । नेकपा एमालेले मुलुकको समृद्धि र विकास गर्न सक्ने भन्दै बुधबार साँझ घोराहीमा २९ जना युवाहरु नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।
युवा नेता धिरेन्द्र शाहीको पहलमा प्रकाश चौधरी, दिपेन्द्र भँडेल, जनम थापा, सागर पाण्डे, आशिष थापा, विपती पाण्डे, सुभम परियार, दिपक चौधरी, विनय चौधरी, सञ्जीव परियार, सञ्जय परियार, प्रविण नेपाली, सरण चौधरी, सुरेश नेपाली, सञ्जय मगर, प्रविण रोका, प्रकाश चौधरी, सन्देश घर्ती, बसन्त भँडेल, वसन्त गिरी, भन्जे मगर, मधु महरा, रिजन रावत, माधव रेग्मी, गोपाल लुक्वा, सुवास पुन मगर, जनक थापा, धनवबहादुर घर्तीलगायतका युवाहरु नेकपा एमालेमा प्रवेश गर्नु भएको हो । एमाले प्रवेश गर्ने सबै युवाहरुले नेकपा एमालेले देश, जनता, राष्ट्रियता, समृद्धि र विकासको पक्षमा जोडदार आवाज उठाएको, योजना बनाएकाले आफूहरु एमालेमा समाहित भएको बताउनु भएको थियो । उहाँहरु सबैलाई एमाले नेताहरु भानसिंग बुढा मगर, कैलाश रोकामगर, यकराज खनाललगायतकाले टिका लगाएर पार्टी प्रवेश गराउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस