दनङ । नेकपा (एमाले) जिल्ला कमिटीका सदस्य राप्ती गाउँपालीका वडा नं ७ निवासी नन्द कुमार चौधरीलाई नेकपा एमाले दाङले कारबाही गरेको छ ।
पार्टीको निर्देशन बमोजिम पदीय आचरण र भूमिका निर्बाह नगरि पार्टी हित बिपरितका बिभिन्न गतिबिधिमा सम्लग्न भएकोले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बिधानमा भएको ब्यवस्था अनुसार निजलाई पार्टीको साधारण सदस्यता समेत कायम नरहने गरि पार्टीबाट निस्कासन गरिएको नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिनुभयो ।
एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले संयुक्त विज्ञप्ति निकाली चौधरीलाई कारबाही गरिएको विज्ञिप्तमा उल्लेख गरिएको छ ।