olux

घोराही–१९ का प्रभावशाली नेता राजु एमाले प्रवेश

दाङ । सामाजिक कार्य र राजनीतिक गतिविधिमा सधैजसो जोडिने दाङ क्षेत्र नम्वर २ (१) मा प्रदेश उमेदवार बन्नु भएका बलिभद्र रानाको क्रेज दिनप्रतिदिन बढि रहेको छ । कामकाजी व्यक्ति भएकाले भोलीका दिनमा यस क्षेत्रको समग्र विकासको नेतृत्व गर्न सक्ने विश्वाससहित यस क्षेत्रका मतदाताहरु दिनदिनै उमेदवार राना सहभागि भएको कार्यक्रममा प्रवेश गरिरहेका छन् । युवा देखि बृद्धबृद्धासम्म एमालेलाई बिजयी बनाउने उद्घोष गर्दै पार्टी प्रवेश गरिरहेका छन् । विहान उठेदेखि राती अबेर नसुतेसम्म रानालाई यतिबेला मतदाताहरुसँग भेटघाट, सल्लाह सुझाब ग्रहण गर्ने र पार्टीमा प्रवेश गराउन भ्याई नभ्याई छ । दिनमा एक दर्जन बढि ठाउँहरुमा र व्यक्तिगत पनि सयौ सँग भेटघाट गरिरहेको बताउने उमेदवार रानालाई बिजयी बनाउने यात्रामा बुधबार घोराही उपमहागरपालिका वडा नम्वर १९ निवासी चर्चित युवा नेता कर्णध्वज राना (राजु) जोडिनु भएको छ । उहाँ नेकपा माओवादी क्रान्तिकारीका नेता हुनुहुन्छ । त्यस क्षेत्रमा विशेष दखल राख्ने राजु एमालेमा प्रवेश गर्दै यस क्षेत्रको समग्र विकासमा उमेदवार रानाले अगुवाई गर्ने सक्ने सम्भावना देखेर आफू एमालेमा प्रवेश गरेको बताउनुभयो । कामकाजी उमेदवार बलिभद्र रानालाई बिजयी बनाउन सबैसँग अनुरोध गर्दै राजुले घोराहीको पहाडी अनि बंगलाचुली क्षेत्रमा अब एमालेले अझै धेरै समर्थन पाउने विश्वास व्यक्त गर्नुभयो । सो अबसरमा बोल्दै एमाले प्रदेश सदस्य समेत रहनु भएका उमेदवार रानाले आफू सबै क्षेत्रको समान विकासको पक्षमा रहेको र विशेष गरी पहाडी क्षेत्रमा विकासका पूर्वाधार निर्माण गर्ने सवालमा आफूले भोलिका दिनमा विशेष प्राथमिकता दिने बताउनुभयो ।
युवा नेता राजुको प्रवेशले एमाले थप बलियो भएको र उहाँलाई विशेष जिम्मेवारी पनि दिइने उमेदवार रानाको भनाइँ थियो । युवा नेता राजुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा एमाले नेताहरु कालिबहादुर घर्ती, खगेश्वर घर्ती बादल, विष्णु अर्याललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण एमाले दाङका स्कुल विभाग प्रमुख विवेक श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस