olux

बबईका नौँ जनाको कारबाही फुकुवा

दाङ । स्थानीय तहको निर्बाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा कारबाही तथा स्पष्टीकरण सोध्ने निर्णय भएका बबईका नौँ जनाको कारबाही प्रक्रिया फुकुवा भएको छ । नेकपा एमाले बबई गाउँ कमिटीको आज हापुरेमा बसेको बैठकले कारबाही प्रक्रिया फुकुवा गरेको हो ।

नेकपा एमाले बबई गाउँपालिकाले २०७९ साल जेठ २४ गते बसेको पूर्ण बैठकले कारबाही गर्ने तथा स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णय खारेज गर्ने आज बसेको बैठकले खारेज गरेको हो ।

नेकपा एमाले बबईका अध्यक्ष टंकराज बिश्वकर्माको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णयलाई खारेज गर्ने निर्णय गरेको छ । बैठकमा नेकपा एमाले दाङका सचिब मनोहर बुढाथोकीले मंसिर ४ गते हुन लागेको निर्बाचनलाई मर्यादित र सबैले जिम्मेवारी लिएर खट्न निर्देशन दिनुभयो ।

गत जेठ २४ गते बसेको नेकपा एमाले बबई गाउँ कमिटीको बैठकले टोपेन्द्र थापा, देबीलाल बुढा, ज्ञानप्रसाद आईतबारे, शिबकुमार खत्री, भिमबहादुर पुन, रुद्रप्रसाद जैसी, बिरेन्द्र डाँगी, टेकेन्द्रराज अधिकारी र थम्मन बहादुर खाम्चालाई कारबाही तथा स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस