नेकपा एमाले क्षेत्र न.३ का उम्मेदवार काेमल वलीले तुलसीपुर ४ घाेरनेटिमा बाटाे र खानेपानीको समस्या भएको भन्दै त्यसकाे समाधान गर्ने बताउनुभएको छ ।
घाेरनेटिबासिकाे समस्या बुझ्न पुगेकि वलीले बाटाे पक्कि गर्ने र स्वास्थ्यका लागि स्वस्थ खानेपानी चाहिने भन्दै आवश्यक याेजनाहरु तुरुन्त समाधान गर्ने प्रतिवद्दता जनाउनुभयाे । घरदैलो अभियानका क्रम मा विकट वस्तिमा काेमल वली पुगेपछि आफना समस्या सुनाउदै त्यहाका नागरिकले भने बर्षाै देखिकाे याे समस्याले हामी आजित छाैँ यसमा तपाईंको आखा जानेछ हामी आशावादि छाैँ ।
भेरिकाेट लामिदामार लगाएतका ठाउँमा बाटाे स्तरउन्नति, बाटाे पक्कि , सिचाइका लागि पक्कि कुला , गहतेरामा मा खानेपानिकाे समस्या , बत्ती का लागि लाइन , घाेरनेटिमा खानेपानी समस्या भएको उनिहरुले सुनाए । वडा न. ४ बासिहरुकाे हरेक समस्या समाधान गर्ने भन्दै , जनताकाे चाहाना अनुशार आफुले काम गर्ने उम्मेदवार वलीले प्रतिवद्दता जनाउनुभयाे ।
बालबालिका , युवा, जेष्ठ नागरिकहरुकाे हरेक चाहाना अनुरुप याेजना बनाइ समृद्ध दाङ निर्माणमा लाग्ने बताउनुभयाे । उम्मेदवार वली तुलसीपुरकाे पहाडि क्षेत्रकाे हरेक बिकास निर्माणका कार्यहरु पहिलाे प्राथमिक्तामा राख्ने बताउनुभयाे ।