लालपुर्जा पाउन र बसपार्क ब्यवस्थित गर्न एमाले जिताउछाैँ : मतदाता

दाङ । तुलसीपुर ५ बसपार्कका जनताले बसपार्क काे ब्यवस्थापनका लागि र लालपुर्जा पाउँनका लागि सुर्यलाई नै जिताउने बताएका छन् । अव्यवस्थित वसपार्कलाइ ब्यवस्थापन गर्ने काम एमालेकाे सरकारले गरेकाे भन्दै अवकाे भाेट पनि एमालेलाई दिने बताए । हाम्रो दुख सुखकाे साथि एमाले हाे हामी सबै एक छाैँ – एक बृद्धले भने ।

हिजाेका दिनमा हाम्रो लागि बस्ने बास थिएन आज बस्नका लागि ठाउँ पाएका छाैँ । ब्यवस्थित बसपार्क पाएका छाैँ अब लालपुर्जा दिनुस् हामी तपाईहरुलाइ भगवान मान्छाैँ – बसपार्कबासीले भने । तपाईं हरु लालपुर्जा दिन्छु भन्नुभयाे काङ्ग्रेस सरकार आयाे आयाेग खारेज गर्याे रे भन्छन् । आसैआसमा हामी त घरबिहिन हुने भयाे बाबू एक बृद्ध आमाले भनीन् ।

बसपार्क बासिहरुहरुकाे दुखलाइ नजिक बाट बुझेकाे भन्दै नेकपा एमाले प्रतिनिधि सभा सदस्य क्षेत्र न. ३ ख का उम्मेदवार काृमल वलीले याे कामलाई सफल पारिछाेड्ने प्रतिवद्दता ब्यक्त गर्नुभयाे । हामी जनताकाे काम गर्छाैं निरास हुन दिने छैनौं तपाईं प्रदेश हुदै संघ सम्म नेकपा एमालेलाई जिताउँनुस् तपाईंका हरेक गुनासाहरुकाे सुनुवाइ हुनेछ – उम्मेद्वार वलीले भन्नुभयाे ।

घरदैलो अभियानका क्रममा नेकपा एमालेकाे टाेली आज बिहान तुलसीपुर ५ बसपार्कमा पुगेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस