सूर्य ध्वजावाहक उम्मेदवार जिताउन संचार डेस्क स्थापना

दाङ । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुका पक्षमा निर्वाचन माहाेल बनाउन तथा चुनावी प्रचार प्रसार व्यवस्थित रुपमा तीव्र बनाउन आज आइतबार शान्तिनगरको रगैजमा प्रेस चाैतारी नेपाल दाङ शाखाले संचार डेस्क स्थापना गरेकाे छ ।

नेकपा एमालेका उम्मेदवारहरुकाे चुनावी प्रचार बिशिस्ट अतिथि हुकुम बस्नेत तीव्रता दिन प्रेस चाैतारी दाङका सदस्य अबिसेक डाँगीकाे अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य कोमल वलीकाे प्रमुख आतिथ्यमा विधिवत रुपमा संचार डेस्क स्थापना गरिएको हाे ।

साे अवसरमा, प्रमुख अतिथि वलीले सूर्य ध्वजावाहक उम्मेदवारका पक्षमा प्रचार प्रसार गर्न प्रेस चाैतारीले निर्वाचन क्षेत्र नम्बर ३ ख मा संचार डेस्क स्थापना गरेर पार्टीलाई ठूलाे सहयाेग मिल्ने अपेक्षा गर्नुभयो । उहाँले पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरुकाे पक्षमा माहाेल बनाउन तथा उम्मेदवारसँग चुनावी प्रचारमा खटिने गरि तय भएको जिम्मेवारीलाई ईमान्दार रुपमा वहन गर्न अपिल गर्नुभयो ।

संचार डेस्कलाई व्यवस्थित रुपमा संचालन गर्न प्रेस चाैतारी दाङले प्रतिनिधि सभाका उम्मेदवार र प्रदेश सभाका उम्मेदवारहरुकाे गतिविधि प्रचार प्रसार गर्न जिम्मेवारी बाँडफाँड गरेकाे छ । प्रेस चाैतारीले जिल्लाका तीन वटै निर्वाचनका उम्मेदवार लक्षित संचार डेस्क स्थापना गर्ने निर्णय बमोजिम क्षेत्र नम्बर ३ ख मा संचार डेस्क स्थापना भएको हाे ।

क्षेत्र नम्बर ३ का उम्मेदवारसँग चाैतारीका मनवीर रिजालकाे विषय प्रवेशबाट शुरु भएको कार्यक्रमकाे सहजीकरण प्रेस चाैतारी शान्तिनगर दाङका अध्यक्ष हिमाल बि.सीले गर्नुभएको थियाे । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट प्रतिनिधि सभामा कोमल वली, प्रदेश निर्वाचन क्षेत्र नम्बर ३ (३) मा हुकुम बस्नेत र ३ (क) मा घनश्याम पाण्डे चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस