हाम्रो मतदान हाम्रो डोल्पाकाे बिकासका लागि
नेपालको संविधान २०७२ बमोजिम १८ बर्ष उमेर पुगेका हरेक नागरिकको मतदान गर्ने अधिकार हुन्छ । हरेक मताधिकार भएका नागरिकले स्वविवेकले आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्दछ । १८ बर्ष उमेर पुगेका नागरिकले सही या गलत के हो भनेर छुट्टाउन सक्ने हुन्छन र सोही अनुसार मतदान गनुपर्दछ । राज्य पुनःसंरचना पश्चात हामी दोस्रो पटक संघ र प्रदेश सभामा सदस्य चयनका लागि मतदान गर्न लागिरहेका छौ । २०७९ मंसिर ४ हामी डोल्पालीको भाग्य रेखा कोर्ने दिन, जुन दिनले अवको ५ बर्षमा डोल्पाले प्राप्त गर्ने धेरै अवसरहरु, धेरै सपनाहरु कस्ता हुनेछन भनेर विभिन्न रङका बाकसहरमा असिमित सपनाहरु भरेर पठाउदैछौ र ति सपनाहरुलाई सहि नेतृत्व दिन सक्ने नेता छनौट गर्दैछौ । उक्त दिन आउन अझै आधा महिना भन्दा बढि समय बाँकी छ र यो समयमा उम्मेदारहरुलाई नजिकै बाट चिन्ने मौका छ । यो पटकको हाम्रोे मत उल्लेखित बाचा पुरा गर्न सक्ने क्षमता भएका उम्मेदारले हुनेछ ।
१. हाम्रो जिल्ला पर्यटन, कृषि, जडिबुटी र जलश्रोत सबै हिसाबमा अब्बल छ । आन्तरीक तथा बाह्य पर्यटकको लागि अबको प्रमुख रोजाई डोल्पा नै हो । बार्षिक रुपमा हजारौ संख्यामा आन्तरीक तथा बाह्य पर्यटक यो क्षेत्र घुम्न चाहन्छन । यसबाट जिल्लाले प्रशस्त आम्दानी भित्राउन सक्दछ । स्पष्ठ नीति तथा पर्यटन कर मार्फत स्थानीय विकास गर्न सकिन्छ । यद्यपी जिल्लाको पर्यटन प्रवद्र्धन सोही अनुसार भएको छैन र पर्यटनका लागि आधारभुत सुविधाहरु अब्बल बनाउन सकिएको छैन । नेपाल दुर सञ्चार प्राधिकरणका अनुसार डोल्पाका ६५ वटै वडामा टेलिफोन सुविधाको पँहुच पुगेको तथ्याकं छ तरपनि धेरै ठाँउका जनताहरु सुचना सञ्चारको पँहुच विहिन छन । सामान्य सुचनामा पनि बञ्चित जस्तै गरिएको छ । तल्लो डोल्पा र माथिल्लो डोल्पा लाई सडक सञ्जालले नजोडेर जनताको अधिकार कुल्चने काम भएको छ । सुचना सञ्चारको पँहुच अभिबृद्धि तथा उत्तरी रुपैडिया देखि उत्तरी नाका सम्म को बाँकी कार्य तिब्रता दिने तथा सडकको पँहुच अभिबृद्धिको नेर्तत्व लिन सक्ने नेतृत्व चाहिएको छ ।
जिल्लाको अर्गानिक रैथाने कृषि उत्पादनहरु (फलफूल, तरकारी, अनाज, आलु सिमी तथा पशुपालन) बाह्य क्षेत्रमा निर्यात गर्ने सहज वातावरण बनाउन सकिन्छ । उच्च शिक्षाका लागि दक्ष जनशक्ति अभावका कारण बार्षिक सयौको संख्यामा विद्यार्थी जिल्ला बाहिर अध्ययन गर्न जाने भएकाल जिल्लामा गुणस्तरीय र व्यबहारीक उच्च शिक्षा प्रवद्र्धन गर्ने नीति निर्माण र कार्यान्वयन गर्न सक्ने तथा स्वास्थ्य क्षेत्रको सुधारमा उल्लेख्य भुमिका निर्वाह गरि सामान्य रोगको लागि पनि जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता लाई न्यूनिकरण गर्ने नीति निर्माण गर्न सक्ने र आवाज बुलन्द पार्न सक्ने स्पष्ठ कार्ययोजना भएको उम्मेदारलाई मतदान गर्नुपर्दछ ।
२. जनप्रतिनिधि बनिसके पश्चात उनीहरुले जनताको उच्चतम समस्या सुन्ने तथा जनताको समस्या तथा संभावनाहरुलाई अध्ययन गरि समस्या समाधान तथा अवसरहरुको उच्चतम प्रवद्र्धनका लागि जनताको आवाज सुन्न वस्ती वस्ती सम्म पुग्नपर्ने आबश्यक्ता भएता पनि अधिकांश माननीयज्यूहरु जिल्लाको सदरमुकाममा पनि मुस्किलले समय दिने हुँदा हामीले समस्या भोगीरहेका छौ । जनताको आवाज जनतासंगै सुन्ने र आवाज विहिन जनताको आवाजहरुलाई सम्बीन्धत निकायमा उठान गर्न सक्ने उम्मेदारहरुलाई मतदान गर्नुपर्दछ ।
३. राज्य पुनः संरचना पश्चातको पहिलो निर्वाचनमा डोल्पामा प्रदेशमा ३ जना र संघमा १ जना गरि ४ जना माननीय पयो र प्रदेशमा २ जना मन्त्री तथा संघमा १ जना राज्यमन्त्री पनि बन्न पुगे । जुनसुकै पाटीमा आवद्ध भएतापनि डोल्पाली जनताको लागि खुशिको कुरा थिया माननीय संगै मन्त्री एकै पटक प्रदेश र संघमा त्यसै पनि पर्यटनको प्रचुर संभावना भएको जिल्लाका लागि प्रदेशमा पर्यटन मन्त्री र संघमा राज्य मन्त्री तर पनि जिल्लाले सोचे अनुरुपको उपलब्धी हाँसिल गर्न सकेन । जिल्लामा उल्लेख्य मात्रामा बजेट विभिन्न शिर्षकमा प्राप्त भयो तरपनि धेरै बजेट शक्ति केन्द्रित हुँदा एकातर्फ लक्षित कार्य उपलब्धीमुलक हुन सकेन भने अर्कोतर्फ डोल्पामी आम जनता लाभान्भित हुन सकेनन् । यसर्थ जिल्लाको विकासका लागि स्थानीय तह, प्रदेश र केन्द्र तीनवटै तहमा सहकार्य तथा आपसि सहयोग आदान प्रदान गरि पाटी तथा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जिल्लाको आबश्यक्ता हल गर्न गर्नसक्ने नेतृत्वदायी भुमिका निर्वाह गर्ने सक्नेलाई मतदान गर्नुपर्नेछ ।
४. धर्म संस्कृति प्रति विश्वास गर्ने हामी डोल्पालीको हरेक वस्तीमा धार्मिक शक्ति केन्द्रहरु रहेका छन । डोल्पामा हरेक निर्वाचनमा भाग लिने उम्मेदारहरु छल मष्टा भवानी, गल्ली देउता र बाला त्रिपरासुन्दरी लगायतका क्षेत्रमा गएर विभिन्न पुकार गर्ने र चुनाव जित्न विभिन्न भाकाहरु पुरा गर्ने गर्दछन । भक्तजनका हरेक समस्याहरु मध्ये जिल्लाको विकास पनि भक्तजनका समस्या हुन । जन प्रतिनिधी बन्न तथा बनि सकेपछि देवी देवताको शरणमा परेर मलाई जिताउनु पर्यो भनेर माग गर्नेले डोल्पाली जनतालाई हराएको उनीहरुले भुले पनि हाम्रा देवी देवताले त देख्नुपर्ने होईन र । यसर्थ देवी देवताको शरणमा परेर आफुले गरेका गल्ती माफ गर्न पुकार गर्ने होईन जिल्लाको विकासका लागि कसरी सहज हुन सक्छ उक्त सहजताका लागि पुकार गर्ने नेतृत्वलाई यो पटकको मत दिनुपर्नेछ ।
५. डोल्पालि जनताको मुलधारमा आउन पाउने महान सपनाहरुलाई कुल्चने, सपनाहरुलाई विभिन्न जालझेलमा पारेर राख्ने, सपनाहरुमा लुटपाट गर्ने र मातृभुमि र मातृभुमिमा रहेका हरेक नागरिकलाई नमिठो प्रहार गर्नेहरुलाई फेरी पनि मतदान गर्नु आफैमाथि बञ्चरो हान्नु सरह हो । यद्यपी यी सपनाहरु कुल्चाउनमा निर्वाचन पश्चात र निर्वाचन अगावै हामीले गर्ने व्यबहारमा पनि निर्भर त रहेको नै छ । निर्वाचनमा गरिने खर्च, निर्वाचनमा लाग्दा उम्मेदारबाट प्राप्त विभिन्न प्रलोभन तथा निर्वाचन पश्चात व्यक्तिगत उदेश्य परिपुर्तिका लागि माननीयहरुको खुट्टा ढोक्ने हाम्रो प्रवृतिले पनि हामीलाई दिनका दिन कमजोर बनाएको छ र निर्वाचितहरुलाई राजा । त्यसैले पनि अब स्वतन्त्र रुपमा आफ्नो अधिकारको मत कसैको प्रलोभनमा नपरि ढुक्क संग मतदान गर्नु हाम्रो दायीत्व हो र मतदान उम्मेदार प्रतिको विश्वास र विकासका खाका तथा वितेका समयमा गरेका कार्यको मुल्याङ्कनका आधारमा गर्नुपर्नेछ ।
फेरी पनि एकपटक अधिकांश डोल्पाली जनता कसैको डोल्पाली भेडा र कसैको भोट उत्पादन उद्योगकका औजार बन्नुपर्ने त छ नै तर पनि एक पटक हरेक भोटरले आफ्नो व्यक्तिगत स्वार्थपुर्तिका लागि निर्वाचित जनप्रतिनिधीको खुट्टामा हरेक दिन तेल लगाउनु भन्दा डोल्पाको साझा विकासका लागि हरेक दिन आफुले मत दिएर जिताएका उम्मेदारलाई आजाव उठाउदै गर्दा पक्कै पनि धेरैहद सम्म समृद्ध डोल्पाको परिकल्पना साकार पार्न सफल भईनेछ । धन्यवाद ।
– याेगेन्द्र बुढा
त्रिपुरासुन्दरी नगरपालिका ४ डाेल्पा । (हाल काठमाडौं )