डोल्पा – केहि साता अघि लगातार एक साता सम्म परेको अविरल बर्षाको कारण डोल्पाका अधिकांस सामुदायीक विधालयहरुमा पूर्ण तथा आंशिक क्षेती पुर्याएको छ । यहि असाेज १८ गते देखि करिब एक साता सम्म लगातार बर्षा हुदा शे फोक्सुण्डो गाउँपालिका वडा नंं ८ मा पर्ने फोक्सुण्डो तालको छेउमा रहेको श्री गोबिन्द आधारभूत विधालयमा दुई कोठे भवन भत्कीएको छ ।
बिं.स. २०१८ मा स्थापना भएको उक्त आधारभूत विधालयमा बाल बिकास (ईसिडी) र कक्षा १ देखि ३ मा पठनपाठन भैरहेको थियो । हिउँदोको समयमा अत्याधिक हिमपात हुने उक्त क्षेत्रमा हिँउदको सिजन नलाग्दै अत्याधिक बर्षा भएपछि गोविन्द आधारभूत विधालयमा दुई कोठा भत्कीएको हो । एक कोठा प्रशासनीक काम गर्दै आईरहेको र एक कोठा बालबालिकाले पठनपाठन गर्ने गरेको भवन भत्कीएको गोविन्द आधारभूत विधालयका प्रधानाध्याक गणेशमान पुनले जानकारी दिनुभयो ।
प्रधानाध्यापक पुनका अनुसार भवन पुरानो र माटोको छानो भएकोले लगातार एक हप्ताभन्दा धेरै दिन बर्षा भएपछि एक्कासी भत्कीएको बताईएको छ । भत्कीएका दुई कोठामा रहेका सामानहरु बिधालयका शिक्षक कर्मचारी स्थानीयको सहयोगमा सुरक्षीत स्थानमा सारिएको छ । विधालयका माटोको छानो,पार्खाल सवै भत्कीएकोले पुन मर्मत गरेर पठनपाठन संचालन गर्ने अवस्था नरहेको जनाईएको छ ।
आन्तरीक तथा बाह्य पर्यटकहरुको प्रमुख रोजाईमा पर्ने फोक्सुण्डो ताल नजिकै रहेको सामुदायिक विधालयको भवन व्यबस्तीत बनाउनको लागि स्थानीय सरकार संग आग्रह गर्ने तयारी गरेको प्रधानाध्यापक गणेशमान पुनले बताउनु भयो ।
शे फोक्सुण्डो गाउँपालिका उपल्लो डोल्पामा पर्ने भएकोले यहाँ अत्याधिक जाडो हुने हिमपात धेरै हुने भएको कारण भौतिक संरचना भने बमोजिमको बनाउन नसकीने हुनाले पनि यस्ता खालका समस्याहरु आईरहेको शे फोक्सुण्डो गाउँपालिका डोल्पाका अध्यक्ष धावासम्दुक गुरुङले बताउनु भयो । यो बर्षाको समयमा गाउँपालिका भित्रका धेरै सामुदायिक विधालयहरुमा,बाटोघाटो,धार्मिक तथा पर्यटकीय स्थालहरुमा क्षेती भएको जानकारी आएको छ सवै ठाउँमा अनुगमन गरि व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष गुरुङले बताउनु भयो ।