डाेल्पा – डोल्पामा जिप दुर्घटना यात्रु सकुशल रहेका छन । आइतबार बेलुका ५:२० बजे त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगरबाट ४ जना यात्रु लिएर सदरमुकाम दुनै तर्फ आएको जिप ठुलिभेरी नगरपालिका ९ को घमन डाडामा दुर्घटना भएको हो । रा १ ज ५०१ नम्बरको बोलेरो जिप घुम्तिमा ब्रेक फेल भएर दुर्घटना भएको र उक्त जीपमा सवार ४ जना यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । जीप सडकाे भित्तामा ठाेक्कीएर सडकमै पल्टिएको थियाे । यात्रुलाई सामान्य भएकोले हिडेर गएको स्थानीयले बताए । कच्ची सडकमा तीब्र गतिको कारण पनि दुर्घटना हुने गरेको स्थानीयको भनाइ छ । विगतका दिनहरुमा डाेल्पाका विभिन्न स्थानमा सडक दुर्घटनामा दुई दर्जन बढिको ज्यान गइ सकेको छ ।