करेन्ट लागेर ज्यान गुमाएका बिपिनकाे परिवारलाई ४५ हजार राहत ११ घण्टा अगाडि

दाङ । तुलसीपुरमा करेन्ट लागेर ज्यान गुमाएका एक युवककाे परिवारलाई ४५ हजार रुपैयाँ राहत प्रदान गरिने भएको छ । वडा नम्बर ११ बाघखाेलि निवासी बर्ष २० का बिपिन सुनारको करेन्ट लागेर मृत्यु भएकोमा वडा कार्यालयले क्रियाखर्च स्वरूप २५ हजार र उपमहानगरले २० हजार गरि ४५ हजार प्रदान गरिने भएको छ । वडा कार्यालयमा आज बसेकाे बैठकले स्वर्गीय सुनारको बुवा उदय सुनारलाई राहत स्वरुप रकम प्रदान गर्ने निर्णय भएको हाे ।” वडाले एक हाेनहार युवा गुमाएकोमा शाेक प्रस्ताव पारित गर्दै राहत स्वरूप २५ हजार उपलब्ध गराउने निर्णय बमोजिम प्रदान गरिएको हाे ” – वडाध्यक्ष मान बहादुर रावतले भने ।

मृतक प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा समबेदना समेत प्रकट गरिएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिकाले २० हजार रुपैयाँ उपलब्ध गराउने भएको सामाजिक विकास समितिका संयाेजक समेत रहेका रावतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस