एमालेमा युवाको आकर्षण बढ्दै

दाङ । घोराही माउन्ट भ्यु टोलमा विभिन्न पार्टी परित्याग गरी युवानेता सुबास पोख्रेल, खिमबहादुर पुन मगर , विशाल विक, आशिष पुनको नेतृत्वमा ६० भन्दा बढी युवाहरु एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले घोराही १८ नवलपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरी ६० भन्दा बढी युवा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहइञ्चार्ज जीवन गौतम, प्रदेश सदस्य नारायण भुसाल, एमाले नेता तथा स्कुल बिभाग प्रमुख विवेक श्रेष्ठलगायतले टिका खादा लगाएर पार्टी प्रवेश गराउनु भएको हो । सो अबसरमा नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नम्वर २ को (क ) मा सर्वसम्मत उमेदवार बन्नु भएका बलिभद्र रानाले एमाले प्रवेश गर्नु भएका सबै युवाहरुको कला र क्षमताको मूल्याकंन गरेर उचित जिम्मेवारी दिईने बताउनुभयो ।

नवप्रवेशीले कांग्रेस–माओवादीले युवाको आवाज र आवश्यकतालाई पुरा गर्न नसकेको भन्दै आफूहरुलाई एमालेको विकल्प नभएकाले प्रवेश गरेको उल्लेख गरेका छन् । एमालेले युवाहरुको मागलाई बुझेर काम गर्ने भएकाले कांग्रेस–माओवादी देश र जनताको पक्षमा नभई अरुको ईसारामा मुलुकलाई अस्थिरताको खाडलमा डुवाउने खेलमा लागेकाले मुलुकको रक्षा तथा विकास र समृद्धिको यात्रामा अगाडि बढाउन एमालेको विकल्प नभएको उनीहरुले दावी समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै उम्मेदवार रानाले एमाले नेपाली युवाहरुको एकमात्र पार्टी भएको उल्लेख गर्दै नवप्रवेशीले हिजो आशका भरमा राजनीति गर्नुपर्नेमा अव आफै नेतृत्व गर्ने ठाउँमा आएको बताउनुभयो । योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिई पार्टी तथा मुलुक निर्माणको अभियानमा लाग्न नवप्रवेशी तथा आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

त्यसैक्रममा निर्वाचन आउनै लागेको समयमा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै एमाले प्रवेश गर्ने युवा सबैले एमालेलाई निर्वाचनमा जिताउन कटिबद्ध भएर लाग्ने जिल्ला पार्टी स्कुल बिभाग प्रमुख विवेक श्रेष्ठले बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस