बस्नेतको दाबी – एमालेका कारण ३४ लाख जनताले भत्ता पाएका छन्, अब युवामा लगानी गर्छौं

दाङ । नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुम बस्नेतले एमालेले थालेको सामाजिक सुरक्षा कार्यक्रमका कारण आज देशभर २५ लाख जेष्ठ नागरिक र थप ९ लाख विपन्न तथा सिमान्तकृतहरु लाभान्वित भइरहेको दाबी गरेको छन् ।

दाङ क्षेत्र नम्बर ३ `ख´ को चुनावी अभियानका क्रममा दंगिशरण गाउँपालिका वडा नम्बर १ मा पुगेका बस्नेतले एमालेले थालेका जेष्ठ नागरिक र सिमान्तकृतको सामाजिक सुरक्षा सफल भएको भन्दै अब युवामा लगानी गर्ने नीति लिएर आउँने बताए ।

बस्नेतले एमालेले थालेको १ सय रुपैयाँ वृद्धभत्ता अहिले ४ हजार पुगेको र ५ हजार पुर्याउने एमालेको प्रतिबद्धता कायमै रहेको बताउँदै उनले २५ लाख जेष्ठ नागरिक एमालेबाट लाभान्वित भएको बताए । उनले त्यसबाहेक अपांग, अल्पसंख्यक र एक महिला समेत जोडेर ९ लाखले भत्ता पाइरहेको बताए ।

बस्नेतले भने– दंगिशरणमै एउटा घरमा जाँदा बा आमाले भन्नुभयो, हाम्रो सम्पत्तिको नाममा यही एउटा झुप्रो छ तैपनि अैलानीमा । तर हामी बुढाबुढी दुईजनालाई मासिक ४ हजारले वर्षमा ९६ हजार भत्ता एमालेले दिएको छ । एमालेले लाएको गुन कहिल्यै बिर्सदैनौं भन्नुभयो, यही हो सामाजिक सुरक्षा । अब हामी युवामा, छोराछोरीमा लगानी गर्ने र देश विकास गर्ने नीतिसहित आउँदैछौं ।

खड्काले एमालेकै पालामा युवा नीति बनेको भन्दै अब त्यसलाई कार्यन्वयन गर्ने योजनासहित आउँने र अबको १० वर्षमा मुुलुकलाई आर्थिक रुपमा सबल बनाउँने योजनाहरु आफूसँग रहेको बताए ।

प्रतिक्रिया दिनुहोस