एमालेलाई जीतको शुभकमना दिँदै युवाहरु

दाङ । निर्वाचन आउन एक महिना तीन दिन बाँकी रहँदा दाङको घोराही, बंगलाचुली क्षेत्रमा दिनदिनै एमाले प्रवेश गर्ने, एमाले उमेदवारलाई जीतको शुभकामना दिनेहरुको पंक्ति बढि रहेको छ ।

मंगलबार घोराही–१७ कर्जाहीमा स्वतस्फूर्त तरिकाले जम्मा भएका युवाहरुले नेकपा एमालेले नै मुलुकको समृद्धि र विकास गर्न सक्ने, युवाहरुलाई सही मार्ग निर्देशन एमालेले नै गर्न सक्ने भन्दै एमालेको तर्फबाट दाङ क्षेत्र नम्वर २ को क मा सर्वसम्मत उमेदवार बन्नु भएका बलिभद्र रानालाई जीतको शुभकामना दिए ।

पचास बढि युवाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बलिभद्र रानाले यस क्षेत्रको विकासका लागि धेरै अगाडी देखि कार्य गरिरहेको र भविष्यमा पनि प्रदेश सांसद भएर यसको समृद्धि र विकासको लागि अग्रनी भूमिका खेल्न सक्ने भन्दै खादा र टिका लगाएर उमेदवार रानालाई जीतको शुभकामना दिएका थिए ।

आफूहरुले कुनै व्यक्तिगत लाभ लिनका लागि उमेदवार रानालाई जीतको शुभकामना दिन बोलाएको नभएर उहाँले यस क्षेत्रको लागि केही गर्न सक्ने विश्वास देखेर उहाँलाई आफूहरुले भेटेको युवाहरुको भनाइँ थियो । नेकपा एमालेले मुलुकको लागि धेरै राम्रा काम गरेको र अब पनि गर्न सक्ने भएकाले आफूहरुले एमाले उमेदवारहरुलाई जीतको लागि अग्रीम शुभकामना दिएको युवाहरुको भनाइँ थियो । सो अबसरमा बोल्दै उमेदवार रानाले युवाहरुको मनोभावना अनुसार बिगतमा पनि आफूले कार्य गरेको र भोली पनि कार्य गर्ने बताउनु भएको थियो ।

यस क्षेत्रको समग्र विकासका लागि आफू उमेदवार भएको उल्लेख गर्दै रानाले मुलुककै नेतृत्व गर्न सक्ने शंकर पोख्रेल समेत संघबाट उमेदवार बन्नु भएकाले उहाँको जीतमा दाङको समृद्धि जोडिएको बताउनुभयो । निर्वाचनको सन्दर्भमा युवाहरुले स्वतस्फूर्त तरिकाले आफै बोलाएर शुभकामना दिएकोमा नेता रानाले युवा टिमलाई धन्यवाद ज्ञापन गर्दै युवाहरुको आशा र भरोशालाई आफूले कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता जाहेर गर्नुभयो । सो अबसरमा युवा समाजसेवी एवं अभियन्ता बिजय गिरीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस