डोल्पाको काईकेमा बाढिले दुई सामुदायिक विधालयमा पूर्ण क्षति

असोज ३१, डोल्पा । डोल्पाको काईके गाउँपालिका स्थित दुई वटा सामुदायिक विधालयमा बाढिले क्षती पुर्याएको छ । लगातारको बर्षा पछि यहि असोज २४ गते साँझ आएको बाढिले काईके गाउँपालिका वडा नं. ३ ताराकोटमा रहेको श्री सगरमाथा आधारभूत विधालय पुर्णरुपमा क्षती भएको छ । कक्षा १ देखि कक्षा ५ सम्म पठनपाठन भैरहेको सगरमाथा आधारभूत विधालयको १२ वटा कोठा पूर्णरुपमा बाढिले क्षती पुर्याएको छ । लगातारको बर्षा पछि गुम्बा र शहरतार विचको तातोपानी खोलामा आएको बाढिले उक्त विधालय पुर्णरुपमा क्षती बनाएको काईके गाउँपालिका शिक्षा प्रमुख तथा अरनिको माध्यामिक विधालयका प्रधानाध्यापक गोविन्द घर्तीले जानकारी दिए ।

शिक्षा शाखा प्रमुख घर्तीका अनुसार सोही समयमा आएको बाढिको कारण काईके गाउँपालिका वडा नं. २ स्थित श्री अरनिको माध्यामिक विधालयमा पनि भौतिक क्षती पुर्याएको छ । शहरताराको नाम्दोबगरमा रहेको अरनिको माध्यामिक विधालयको पक्की दुई वटा कोठा,छात्राहरुको सौचालय, खेलमैदानमा पुर्ण क्षती भएको छ भने विधालयको आवासिय भवन ,खेलमैदानमा पनि आंसिक क्षती भएको छ । कक्षा ९ देखि १२ सम्म कम्यूटर धारको प्राविधिक विषय पठनपाठन भैरहेको उक्त विधालय भौतिक क्षती गरेको छ । दशै विदाको समयमा आएको बाढिको कारण मानविय क्षेती नभएता पनि विधालयको भौतिक क्षती भएको छ । अरनिको माध्यामिक विधालय आवासिय भवनमा रहेको विधार्थीका कपडा,बेड विस्तारा, विधालयका कम्प्यूटरहरु,कागजात लगाएतका सामान स्थानीय यूवा,धामी,प्रहरी सवैको सहयोगमा सुरक्षीत स्थानमा सारिएको शिक्षा शाखा प्रमुख घर्तीले बताए ।

सगरमाथा आधारभुत विधालय पूर्णरुपमा क्षती भएको कारण हालै पठनपाठन गर्न सकिने अवस्था नभएको विधालय परिवारले जनाएको छ । अरनिको माध्यामिक विधालय भने सवै सामान सुरक्षीत अर्को ठाउँमा व्यवस्थापन गरेको कारण विधालयको भौतिक संरचनाहरु मर्मत संम्भार पछि पठनपाठन संचालन गर्न सकिने विधालयले जनाएको छ । अरनिको माध्यामिक विधालयलले स्थानिय सरकारको सहयोगमा कक्षा ९ देखि १२ सम्म कम्प्यूटर धारका विधार्थीलाई खाना,बस्न,पाठयपुस्तक,विधालय पोशाक,लगाएतको निशुल्क व्यवस्था गर्दै आईरहेको छ ।

यस्तै उक्त समयमा आएको बाढिको कारण काईके गाउँपालिका २ नाम्दोबगर देखि वडा नं. ७ लावण बगर जोड्ने झुलुङ्गे पुल बाढिले बगाएको छ । उक्त पुल बाढिले बगाउदा स्थानीय बासिन्दा लगाएत डोल्पोबुद्ध गाउँपालिका, छार्काताङसोङ गाउँपालिका लगाएत उपल्लो डोल्पा आउने जाने मानिस तथा पशु वस्तुलाई समस्या भएको जनाईएको छ । बाढिले काईके गाउँपालिकाका अन्य स्थानहरुमा पनि आंशिस क्षती पुर्याएको छ । निरन्तर बर्षाले डोल्पाको अधिकांस क्षेत्रहरुमा संचार सेवा अवरुद्ध भएको थियो ।

यस्तै मुड्केचुला गाउँपालिका वडा नं. ७ सर्मिको अन्नपूर्ण माध्यामिक विधालयमा पनि केहि दिन अघि अविरल बर्षाले क्षती पुर्याएको छ । विधालयका केहि भवन् र खेलमैदनमा क्षेती भएको अन्नपूर्ण माध्यामिक विधालय सर्मि डोल्पाकी प्रधानाध्यापक नारायणी ठकुल्लाले बताईन ।

प्रतिक्रिया दिनुहोस