पुर्वराज्य राज्यमन्त्री बुढाको अपिल अघिल्लो कार्यकालमा १७ बुदामा काम गरेको दाबी चुनाव जिते १३ वटा बुद्धाको काम पुरा गर्ने बाचा  

असोज ३१, डोल्पा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य उम्मेदवार धन बहादुर बुढाले विगतका दुई कार्यकालमा डोल्पा जिल्लाको लागि समग्रह खेलेको भुमिका कामका बारेमा जानकारी गराएका छन । वि.सं. २०७० साल र वि.सं. २०७४ सालको प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि आफुले डोल्पा जिल्लाको लागि यी दुई कार्यकालमा गरेका कामका बारेमा मतदातालाई जानकारी गराएका हुन । नेकपा एमालेको तर्फबाट दुई कार्यकाल प्रतिनिधि सभा सदस्य बनेका बुढा पर्यटन राज्यमन्त्री समेत भएका थिए । एमाले विभाजन पछि नेकपा एकीकृत समाजवादी रोजेका बुढा आगामी मंसिर ४ गतेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थनमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनेका छन । अघिल्ला दुई कार्यकालमा जिल्लाको लागि १७ बुद्धामा विभिन्न काम गरेको र आगामी निर्वाचनपछि १३ वटा बुद्धाको काम गर्ने अपिल मार्फत जानकारी गराएका छन ।

मैले के–के गरेँ
१. वि.सं. २०७० सालमा डोेल्पाबाट निर्वाचित भईसकेपछि डोल्पाली जनताको साथै आम नेपाली जनताको मर्म र भावना अनुसार २०७२ सालको संविधान निर्माणमा  महत्वपूर्ण भूमिका खेलेको ।

२. वि.सं. २०७४ सालमा निर्वाचन भइसकेपछि संघियता कार्यान्वनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको ।
३. कोरोना जस्तो महामारी फैलिदाकुनै राजनितिक आस्थाका हिसावले नहेरि समस्यामा परेकार सम्र्पकमा आएका डोल्पालीहरुलाई प्रत्यक्ष र परोक्ष रुपमा व्यक्तिगत राहतदिने,आर्थिक सहयोग र उद्धार लगायतकाकार्यहरु गरेको ।
४. डोल्पालीको भविष्यका साथै भाग्य रेखाकोर्ने भेरी करिडोर अन्तर्गतको तल्लुबगर देखि दुनै सम्मविभिन्न स्थानहरुमा बेलीवृज निमार्णको लागिविशेष पहलगरि सिधै यातायात संचालनमाआएको ।
५.डोल्पा सदरमुकामदुनै बाढीको उच्चजोखिममा रहेको महसुस गरि सदरमुकाम दुनै बचाउ कार्यक्रमकालागि मेसिनरीवाल र तटबन्धन निर्माणको लागि बजेट व्यवस्थापन गरी प्राथमिकतामा राखी निर्माण सम्पन्न गरि अहिले दुनैवासीहरुलाई बाह्रैमहिना ढुक्कका साथ बस्न सक्ने अवस्था सृजनाभएको ।
६. डोल्पालीको यातायातको मुख्य साधनको रुपमा रहेको जुफाल र मसिने चौर विमान स्थलनिर्माणका साथै कालोपत्रे गर्नुको लागिविषेश पहल गरेको ।
७. डोल्पा जिल्लाको मुख्यबजारको रुपमा रहेकोदुनै र त्रिपुराकोट बगर बजारको भित्रको सडकमा आर.सी.सी ढलान गरि सुव्यवस्थित सडक निर्माण गर्नुको साथै त्रिपुराकोट बगर देखि मसिनेचौर एयरपोर्ट सम्मको लागिआर.सी.सी सडक निर्माणको लागि आवश्यक बजेट व्यवस्थापन गरि यथासके निर्माण हुनेछ ।
८. राष्टिय महत्वको सडक एवम त्रिदेशिय व्यापारिक मार्गको रुपमा रहेको भेरी करिडोर अन्र्तगतगर्ने मोरिम्ला देखि सिशोल सम्म करिब ६० कि.मी सडक निर्माण गर्न सफलभई बाँकी सिशोल देखि ल्यासीक्याप सम्मको ३०÷४० कि.मि सडक निर्माणको लागि बजेट सुनिश्चितता गरिसकेको छु ।
९. डोल्पा जिल्लाको एक मात्र १५ शैयाको अस्पताललाई मेरो पहलमा २५ शैयामा स्तरउन्नतिगरि भौतिक संरचनाको निर्माण कार्यअन्तिम चरणमा रहेको र चाडै नै निर्माण सम्पन्नहुनेछ ।
१०. जुम्ला,मौरे त्रिपुराकोट सडकको ट्रयाक खोल्ने कार्य गर्नको लागि अत्याधिक कडा चट्टान रहेको कुच्चे भिरमा विशेष बजेट व्यवस्थापन गरि सडक निर्माण भएको ।
११. धो,साल्दाङ हुदै भिजेर सम्मको सडक निर्माणको लागि ६० करोड बजेट व्यवस्थापन गरि निर्माण कार्य अघि बढेको छ ।
१२.तिन्जेहुदै सिमेनसम्मको सडक निर्माण भइसकेको छ ।
१३.म पर्याटन राज्यमन्त्रीहुदा देश भरि ६२ वटा पदमार्ग विकास योजनामध्ये ५४ वटा पदमार्ग हाम्रो डोल्पापार्न सफलभएको ।
१४. डोल्पाको २ वटा नगरपालिकाहरु त्रिपुरासुन्दरी र ठुलीभेरी नगरपालिकामा चालु आ.व.माशहरी विकास मन्त्रालयबाट २५÷२५ करोड बजेट छुटयाउन सफलभएको ।
१५. देशभरिको १०० गन्तव्यका रुपमा हाम्रो जिल्लाको त्रिपरासुन्दरी मन्दिरलाई पनि समावेश गर्न सफलभएको र विभिन्न चरणमा आवश्यक बजेट व्यवस्थापन गरेको ।
१६. म पर्यटन राज्यमन्त्रीहुँदा वर्षाै देखि संचार विहिनअवस्थामा रहेको उपल्लो डोल्पाका अधिकांश स्थानमा दर्जनौ टावरहरु निमार्णगर्न सफलभएको ।
१७. डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाको चुगाड हुदै लिकु,मुहु,हुम बन्तडी सम्म र त्रिपुराकोट बगर देखि रल्ली,मददु,रुम सम्म सडक निमार्णको लागि बजेट व्यवस्थापन गरि निमार्ण गरिएको ।                                                                                  चुनाव जितेपछि मैले गर्न बाकी महत्त्वपूर्ण कामहरु

१.मेरो पहिलो कामहाल डोल्पा जिल्लाका अधिकांशगाँउ बस्तीहरुमा ७० प्रतिशत सडक संजालजोड्न सफल भएपनि बाँकी रहेको ३० प्रतिशत सडक संजाल जोड्ने काममा प्राथमिकतामा राखी मेरै कार्यकालमा सम्पन्नगर्नेछु ।

२.मेरो र डोल्पालीको सपनाको रुपमा रहेको राष्टिय महत्व तथा त्रिदेशिय व्यापारिक मार्गको रुपमा रहेको उत्तर दक्षिण लोकमार्ग अन्र्तगतकोे मोरिम्ला,क्याटो नाका देखि भारतको रुपैहिडिया सम्मजोड्नको लागि दुनै ल्यासीक्याप सम्मको बजेट व्यवस्थापनगरि काम सरु भइसकेको र बाकी ल्यासीक्याप देखि शिसोल सम्मको सडक निमार्णको लागि साडे १ अर्ब बजेट सुनिश्चिताभएको छ र यसलाई यथासके चाडो निर्माण कार्य संचालन गरि सम्पन्नगने बाचा गर्दछु ।
३.मेरो पहलमादुनै देखि जुफाल विमानस्थल सम्म र त्रिपुराकोट बगर देखि मसिनेचौर विमानस्थल सम्म कालो पत्रे गर्नको लागिआवश्यक बजेट व्यवस्था गरी सकेको छु र निमार्ण कार्यलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्तगर्दछु ।
४.जुफाल विमानस्थललाई अझविस्तार गर्ने र मसिनेचौर विमानस्थललाइ छिटो संचालनमा ल्याउन पहल गर्नेछु ।
५.डोल्पा जोड्नेभेरी करिडोर अन्र्तगत रिम्ना देखि चिसापानी सम्म कालोपत्रेको लागि टेण्डर प्रक्रिया अगाडी बढेको र बाँकी चिसापानी देखि डोल्पाको सदरमुकाम दुनै सम्म कालोपत्रेको लागि बजेट व्यवस्थापन भइसकेको छ मेरो कार्यकाल भित्रनिर्माण सम्पन्न प्रतिबद्धता व्यक्तगर्दछु ।
६. विगतलामो समयदेखि समस्या ग्रस्त जैरिगार्ड विधुत गृहको विकल्प र स्थायी समाधानको लागि राष्टिय विधुत प्रसारण लाइनको लागि पहलगदै आएको र अबको १ वर्षभित्र प्रसारण लाइनयहाहरु समक्षपुयाउने प्रतिबद्धता व्यक्तगर्दछु ।
७.जाजारकोट हुदै डोल्पा सम्मजोड्ने विभिन्न स्थानमा पक्की पुल निर्माणको लागि मैले पहलगदै आएको कुरा अवगतगदै अब डोल्पाको छलगाडमा पक्कीपुल निमार्णको लागि आवश्यक बजेट व्यवस्थापन गरि सकेको छु छिटै निमार्ण कार्य अगाडी बढाउने प्रतिबद्धता व्यक्तगर्दछु ।
८. अबको मेरो ५ वर्षे कार्याकालमा भेरि करिडोर अन्र्तगतको जाजरकोट हुदै डोल्पा सम्मको बाँकीसडक कालोपत्रे गर्नको लागि बजेट व्यवस्थापनगरि निर्माण सम्पन्नगर्नेछु ।
९. सुलिगार्ड,शे फोक्सुण्डो तालहुदै शे गुम्बा सम्म व्यवस्थित पदमार्गको लागि मेरो पहलमा ९ करोड बजेट व्यवस्थापनगरि सकेको छु र अबको १ वर्ष भित्र निर्माण सम्पन्न गराउने छु ।
१०. कागकोट,छार्का हुदै मस्ताङ जोड्ने सडक संजालको लागि १० करोड बजेट व्यवस्थापन भइसकेको कुरा अवगतगदै सो कार्यलाई तिव्र रुपमा अगाडी बढाई रकम अभाव भएमा अझथपव्यवस्थापन गरी सो सडक संजाल मेरो कार्याकालमाजोड्न अहोरात्र खटिने छु ।
११. गुणस्तरिया शिक्षा र सुविधा सम्पन्न स्वास्थ्यको लागि पहलगदै आएको र अझै तपाइैहरुको सल्लाह सुजाव लाइ आत्मा साथगदै अगाडी बढ्नेछु ।
१२.डोल्पामा समस्याको रुपमा रहेको बेरोजगारी समस्या समाधानको लागि मेरो विशेष पहल रहनेछ ।                                              १३.डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तगतका जोखिममा रहेको बस्तीहरु सुपानी,भेत्ति,सेरगाउँ,शाहिलावाडा,रावलवाडा र ठुलीभेरीको डाँगीवाडा र मोतिपुर जस्ता बस्तीहरुलाइ जोखिममुक्तगर्नको लागिआर.सी.सी ढलानका साथै टडबन्धन निर्माणको लागि पहल गरेको छु ।

प्रतिक्रिया दिनुहोस