डोल्पा प्रदेश सभा सदस्य (क) मा एमाले अध्यक्ष बुढा र कांग्रेस सभापति शाही बिच कडा प्रतिस्पर्धा हुने

डोल्पा – आगामी मंसिर ४ गते हुने कर्णाली प्रदेश सभा सदस्यको लागि डोल्पा प्रदेश निर्वाचन क्षेत्र (क) बाट चार जना राजनितिक दल विच प्रतिस्पर्धा हुने भएको छ । डोल्पा प्रदेश निर्वाचन क्षेत्र (क) बाट नेकपा एमालेको तर्फबाट शेर बहादुर बुढा, नेपाली कांग्रेसको तर्फबाट दीपेन्द्र बहादुर शाही, राष्ट्यि प्रजातन्त्र पार्टीको तर्फबाट नारान बुढा र नेकपा माक्र्सवादी (पुष्पलाल)को तर्फबाट नन्द बहादुर रोकाया प्रदेश सभा सदस्यको लागि चुनावी मैदानमा उत्रिएका छन ।

प्रदेश सभा सदस्यको लागि नेकपा एमाले बाट उम्मेदवार बनेका शेर बहादुर बुढा जिल्ला पार्टी अध्यक्ष हुन भने उनि तत्कालिन जिल्ला समन्वय समितिका प्रमुखमा निर्विरोध निर्वाचित भएको थिए । जिल्ला समन्वय समिति प्रमुख हुदा लोकप्रिएता बनेका बुढा प्रदेश निर्वाचन क्षेत्र क को बलियो उम्मेदवारको रुपमा लिने गरिन्छ । बुढा नेतृत्वमा हुदा सवैलाई बराबर रुपमा हेरेर काम गरेको भन्दै आगामी निर्वाचनमा सवैले सहयोग गर्नेमा विश्वास रहेको उनि निकट एक नेताले बताए ।

डोल्पा जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) बाट एकीकृत समाजवादी,नेकपा माओवादी केन्द्रको समर्थनमा प्रदेश सभा सदस्य उम्मेदवार बनेका नेपाली कांग्रेसका सभापती दीपेन्द्र बहादुर शाही गठबन्धनले घात नगरेमा जित आफ्नो हातमा पर्ने आशामा रहेको कांग्रेस निकट एक नेताले बताए । निर्माण व्यवसायी समेत रहेको कांगे्रस सभापती शाही गठबन्धनका बलिया उम्मेदवारको रुपमा मानिन्छन ।

डोल्पा प्रदेश निर्वाचन क्षेत्र (क) मा अन्य दुई दलमा उम्मेदवारी दिएतापनि खासै मत ल्याउन नसक्ने तर नेकपा एमालेका अध्यक्ष बुढा र नेपाली कांग्रेसका सभापती शाही विच भने कडा प्रतिस्पर्धा हुने संकेत देखिएको विश्लेसकहरुले बताउने गरेका छन । कांग्रेस उम्मेदवार सभापती शाही गठबन्धनको भरमा बसेको देखिन्छ भने नेकपा एमालेका अध्यक्ष बुढा आफ्ना सैद्धान्तीकमा अन्य लोकप्रियताका मत आफ्नो पोल्टामा आउने विश्वासमा देखिन्छन । डोल्पा प्रदेश क मा नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष र नेपाली कांग्रेस जिल्ला पार्टी सभापती चुनावी मैदानमा उत्रिएकोले सवैले चासो लिएका छन ।

प्रतिक्रिया दिनुहोस