अब हरेक क्षेत्रको विकास एमालेले गर्छ : हुकुम बस्नेत

दाङ । नेकपा एमाले प्रदेस सभा सदस्य क्षेत्र न. ३ “ख” का उम्मेद्धवार हुकुम बस्नेतले जनताको माझ नेकपा एमालेले गरेका बिकास निर्माणका कामहरु लगेर जानुपर्ने बताउँनुभएको छ । यतीबेला अरुको अराजनैतीक गतिविधि को टिकाटिप्पणि भन्दा पनि जनताहरुले चाहेका खोजेका एजेण्डाहरु लीएर जनताको माझमा जानुपर्ने बताउँनुभयो । प्रेस चौतारी दाङले आज दंगीशरण गाउँपालिका वडा न.. ६ श्रीगाउँमा आयोजना गरेका छलफल कार्यक्रममा बस्नेतले यस्तो बताउँनु भएको हो ।

जनताको हरेक नागरीकहरुको आर्थीक बिकास, सामाजीक विकास संगसंगै हरेक क्षत्रको बिकासका लागि नेकपा एमालेले काम गर्ने भन्दै अवको नारा जनताको साथ गाउँगाउँको विकास भन्ने नाराका साथ अगाडि बढ्ने बताउँनुभयो । नेता तथा कार्यकर्ताहरु अवको योजना भनेको गाउँगाउँमा गएर हरेक नागरीकहरुको समस्यालाई शुष्म तरीकाले अध्ययन गरि समाधान तर्फ जानुपर्ने बताउँनुभयो । भोली नभई आजै गर्ने काम धेरै भएकाले अव ढिला नगरी नेकपा एमालेलाई साथ आग्रह गर्नुभयो ।

छलफल कार्यक्रममा बबई गाउँपालिकाका निवर्तमान अध्यक्ष भुवनेश्वर पौडेल, प्रेस चौतारी दाङ ईञ्चार्ज गणेश आचार्य, प्रेस चौतारी विभाग प्रमुख संगीत बस्याल लगाएतले आ – आफनो भनाई राखेका थिए । प्रेस चौतारी दाङका उपाध्यक्ष प्रेम बहादुर राम्जाको अध्यक्षतामा भएको कार्यक्रमको शहजीकरण रामप्रशाद सुवेदिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस