जुवा खेल्दा खेल्दै अनेरास्ववियुका केन्द्रीय सदस्य जैसी सहित १२ जना पक्राउ

बाँके । जुवा खेल्दा खेल्दै नेपालगन्जबाट अनेरास्ववियुका केन्द्रीय सदस्य  टोपराज जैसी सहित १० जना पक्राउ परेका छन् ।

अनेरास्ववियुका केन्द्र सदस्य टोपराज जैसी सहित १२ जनालाई प्रहरीले बिहीबार बेलुका ४ बजे कोहलपुर नगरपालिका ११ न्युरोड स्थित म्याक्स होटलको कोठा नम्बर ४०३ मा जुवा ताज खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्।

जुवाडेको साथबाट तास ६ गड्डी नगद रु २ लाख ३१ हजार १ सय ८० रुपैया बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाउ पर्नेहरुमा कोहलपुर नगरपालिका २ बस्ने टोपराज जैसी, कोहलपुर नगरपालिका ११ बस्ने उपेन्द्र राना , कोहलपुर नगरपालिका ११ बस्ने आदित्य शाह , नेपालगन्ज उपमहानगरपालिका१ बस्ने राजु शाही , घोडाघोडी नगरपालिका २ बस्ने प्रेमबहादुर मल्ल , नेपालगन्ज उपमहानगरपालिका १२ बस्ने शिव गिरी , कैलाली लम्किचुहा नगरपालिका ५ बस्ने सन्देश शाही , वैजनाथ नगरपालिका ४ बस्ने लोकेन्द्र ढकाल ,दैलेख नगरपालिका १ बस्ने अर्जुन चन्दठकुरी , बर्दिया बासगढी नगरपालिका ४ बस्ने माधव गिरी , सुर्खेत भेरीगंगा नगरपालिका २ बस्ने बिकास शाही रहेका छन् ।

प्रतिक्रिया दिनुहोस