डोल्पा प्रदेश सभा सदस्य (ख) बाट तीन दलको प्रतिस्पर्धा,जित हात पार्ने दाउमा एमाले

असोज,२७ डोल्पा –  आगामी मंसिर ४ गते हुने कर्णाली प्रदेश सभा सदस्यको लागि डोल्पा जिल्लाबाट ३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन । डोल्पा प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को लागि नेकपा एमालेका नेता धन चन्द्र बैजी, नेकपा माओवादी केन्द्रका नेता बिर बहादुर शाही र राष्ट्यि प्रजातन्त्र पार्टी का बौद्धसिँह कठायत बिच प्रतिस्पर्धा हुने भएको छ ।
प्रदेश सभा सदस्यको लागि नेकपा एमालेबाट उम्मेदवार बनेका धनचन्द्र बैजी भुमी सम्बन्धी समस्या समाधान आयोग डोल्पाका तत्कालीन अध्यक्ष हुन भने नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका बिर बहादुर शाही २०७४ सालको निर्वाचनमा नेकपा एमाले संग गठबन्धन गरि प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए भने हाल कर्णाली प्रदेश सरकारको बहालवाला उधोग पर्यटन वन तथा वातावरण मन्त्री हुन । राष्ट्यि प्रजातन्त्र पार्टीबाट प्रदेश सभा सदस्यको लागि उम्मेदवार बनेका बौद्धसिँह कठायत विगतका दिनहरुमा विभिन्न राजनितिक दलमा आबद्ध हुदै यस पटक राप्रपा बाट उम्मेदवार बनेका हुन ।
डोल्पा प्रदेश निर्वाचन क्षेत्र (ख) मा नेपाली कांगे्रसको भने उम्मेदवारी परेको छैन । गठबन्धनबाट केन्द्रले नेकपा माओवादीको भागमा पारे पछि नेपाली कांग्रेसले केहि असन्तुष्टी जनाएको संकेत गरेको छ । सैद्धान्तीक हिसावले सवै पार्टी एक्लाएक्लै चुनावी मैदानमा गए डोल्पा ख मा नेकपा एमाले बलियो भएता पनि गठबन्धनका कारण कडा प्रतिस्पर्धा हुने विश्लेसकहरुले बताउने गरेका छन । प्रदेश ख मा नेपाली कांग्रेस दुई ग्रुप भएको खण्डमा पनि नेकपा एमाले सहजै जित हासील गर्न सक्ने एक पक्षको भनाई छ ।
नेकपा एमालेका उम्मेदवार धनचन्द्र बैजी र नेकपा माओवादी केन्द्रका उम्मेदवार एउटै ठाउँका स्थानीय बासिन्दा भएका कारण पनि निर्वाचनको नतिजा रोचक हुने अनुमान गरिएको छ । २०७४ सालको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई भोट दिएर माओवादीका उम्मेदवारलाई निर्वाचित गरेको प्रदेश ख को एमाले यो पटक भने एमाले जित आफ्नो पोल्टामा पार्ने दाउमा छ ।
गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा डोल्पा प्रदेश निर्वाचन क्षेत्र ख का विभिन्न स्थानीयतहहरुमा नेकपा एमाले र नेपाली कांग्रेस विच तालमेल भएकोले प्रदेश सभा सदस्यमा आफ्नो उम्मेदवार नभएको कारण केहि ठाउँहरुमा नेकपा एमालेलाई प्रदेशमा साथ दिने नेपाले आशा गरेको छ । अर्को गठबन्धन भएको कारण नेपाली कांग्रेसले आफुलाई भोट हाल्ने माओवादीले आश गरेको छ ।

प्रतिक्रिया दिनुहोस