को हुन सल्यान क्षेत्र नं. १ का उमेरदवार गिरी

सल्यान । नेकपा एमालेको तर्फ वाट प्रदेश सभा सल्यान क्षेत्र नं. १ का उमेरदवार कुल वहादुर गिरी सल्यानको कम्युनिष्ठ आन्दोलनका संस्थापक हुन उनिले सानै उमेरमा २०४४ सालमा भ्युडर सुनपुर मावि दाङमा अनेरास्ववियु प्राक कमिटि कोषाध्यक्ष बाट राजनितिक यात्रा तय गरेका गिरीले २०४५ मा महेन्द्र मावि तुल्सीपुरमा अनेरास्ववियुको प्राक सचिव हुदै मालेका साधारण सदस्यता प्राप्त गरेका गिरी २०४६ सालकोको जनआन्दोलनमा तुल्सीपुर क्षेत्रमा प्रचार प्रसार वालपेन्टीङको कार्यक्रम सक्रय सहभागिता भएका गिरी पजातन्त्र पुनस्था पश्यात सल्यानमा काँग्रेस बाममोर्चाको संयुक्त कार्यक्रमा २०४७ वैसाख ५ गते वाममोर्चाको नेतृत्व गरेका थिए ।

२०४७ सालमा भएको अनेरास्ववियु सल्यानको प्रथम जिल्ला अबिबेसन वाट जिल्ला अध्यक्ष भएका गिरी २०४७।०९।०४ गते तत्कालिन माले संगठित सदस्यता प्राप्त गरेका देखिन्छ । तल्कालिन नेकपा माले जिल्ला कमिटि सदस्य भएका सल्यानको सन्दर्भमा संस्थापक पनि मानिन्छ ।

राजननिक यात्रा निरन्तर अघि बड्ने क्रममा २०५४ सालमा डाँडागाँउ गाविसका अध्यक्षमा निर्वाचित भएका गिरी नेकपा एमाले द्धन्द कालिन अवस्थामा गाउँमै वसेको गिरी तत्कालीन साहिनेपाली सेनको सिमखर्क ब्यारेकमा २०५८ सामा १८ दिन हिरासत पनि वसेका गिरी पार्टी भित्रका इमान्दार नेता कुनै अवसर आफुलाई चाहिन्छ भनेर खैहिले दावि नगर्ने नेताको छवि वनाएका गिरी नेकपा एमाले केन्द्रीय अधिवेसनमा सल्यान क्षेत्र नं. १ मा क्षेत्रीय प्रतिनिमा अत्यधिक मत प्राप्त गरि प्रतिनिधि छनौट भएका गिरी २०७४ सालको स्थानीय निर्वाचनमा शारदा नगरपालीको नगर प्रमुखको दावि हुदाँ हुदै पनि पार्टी नेतृत्वको निदेशनलाई सहजै स्वीकार गदै शारदा नगरपालीका वडा नं. १४ वाट वडा सदस्य निर्वाचित भएका गिरी नेकपा एमालेको तर्फवाट गठवन्धन संग जिल्ला समन्वय समिति उप प्रमुखमा प्रतिप्रधा गरेको गिरी नेकपा एमालेको जिल्ला कमिटिमा निरन्तर काम गदै नेकपा एमालेको सातौं र आठौं जिल्ला अधिवेसनमा सर्वाधिक मत प्राप्त गर्ने मध्यका नेता हुन नेकपा एमाले विभाजनमा पछि पार्टीलाई संकटको घडिमा पार्टीको रक्षाको निम्ती सक्रयता वडाएका गिरी २०४७ साल देखी २०७७ साल सम्म निरन्तर जिल्ला कमिटि सदस्यको रुपमा काम गरेक गरि हाल नेकपा एमाले प्रदेश कर्णाली प्रदेश कमिटि सचिवालय सदस्य तथा प्रदेश समन्वय कमिटि सल्यान प्रदेश शभा क्षेत्र नं.१ को इन्र्चाजको जिम्मेवारी रहेको छ ।

नेकपा एमाले सल्यानमा त्यागि प्रस्ट बत्ताका र सरल ब्यवहार भएका गिरी पार्टी लोकप्रिय हरेको पात्रहुन राजनैतिक मात्र नभएर सामाजिक ब्यवसायिक रुपमा पनि सफल मानिएका गिरी सल्यान क्षेत्र नं. १,को चर्चा सुरुभएको छ ।

प्रतिक्रिया दिनुहोस